बुध, असार ३२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

हाइप्रोफाइलहरूको फाइल खोल्दा वर्तमान सरकार ढलेको दाबी

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 mins read
0
हाइप्रोफाइलहरूको फाइल खोल्दा वर्तमान सरकार ढलेको दाबी

प्रतिनिधिसभा बैठक – उपप्रधानमन्त्री लामिछाने काठमाडौँ, २८ असार ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त प्रस्ताव राखेपछि पार्टीगत धारणा राख्दै उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने । तस्बिर ः रत्न श्रेष्ठ÷रासस

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो सरकारले हाइप्रोफाइलहरूको फाइल खोल्दा नै वर्तमान सरकार ढलेको दाबी गरेका छन्। सुशासनका काममा आफूलाई सहयोग गरेको भन्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई धन्यवाद समेत दिए।

संसद बैठकमा बोल्दै लामिछानेले आफूहरु चेकलिस्टसहित आएको तर कसैले त्यसलाई फेकलिस्ट भनेको गुनासो। आफूहरू सन्तुष्ट नभए पनि तीन-चार महिनामा जनताको पक्षमा इमान्दार भएर काम गरेको उनको दाबी छ।

गृहमन्त्री लामिछानेले भने, ‘आधार, प्रमाण, मुद्दा, उजुरी केही पनि नभएको केसमा म सहकारी ठग भनेर चिनिएँ । प्रमाणै प्रमाण बजारभरि भएको केसमा अब बन्ने सरकारले कसरी मुद्दा अगाडि बढाउँछ हेर्न बाँकी छ । हल्ला सुनिएअनुसार माननीय रमेश लेखक सम्भावित गृहमन्त्री हुनुहुन्छ रे । तपाईंले मलाई स्टन्ट गर्नुभयो भन्नुभयो । बाँसबारीको जग्गा, बालमन्दीरको जग्गा फिर्ता ल्याइएको छ, जनकपुरको जग्गाको अनुसन्धान सुरु भएको छ, पतञ्जलीको जग्गाको काम भएको छ, यसलाई अघि बढाउनुहोला, म तपाईंबाट यस्तो स्टन्टको अपेक्षा तपाईंबाट गर्छु ।’

उनले थपे, ‘यही सदनमा उभिएर एकजना माननीयले भन्नुभएको थियो खोइ फाइल खोलेको ? फाइल खोलेको २४ घन्टामा सरकार ढाल्नुभयो कसरी खोल्ने? सरकार के कारणले ढल्यो, हाम्रो सहमति के भयो भनेर ढाँट्नुभयो । यो देशको बच्चा बच्चालाई थाहा छ कसका कारणले सरकार ढल्यो । बेचन झा र प्रतीक थापाको पक्राउबाहेक सरकार ढलेको कुनै कारण जनतालाई थाहा छैन ।’

उनले भने, ‘उहाँको राजनीतिक इतिहासमा प्रश्नहरु छन् । उहाँको भविष्य उहाँले चिन्ता गर्ने हो । तर वर्तमानमा आफ्नो राजनीतिक र सुशासनको प्रतिवद्धतामा कायम रहनुभएकोमा प्रधानमन्त्रीलाई धन्यवाद दिन चाहन्छु ।’

कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाईं ईंगित गर्दै उनले केहीको नामै लिँदा पनि लोकतन्त्र र प्रेस स्वतन्त्रता खतरामा पर्ने भन्दै कटाक्ष गरे । सुशासन समितिको सभापति नै उनलाई भेट्न गएर ढाढस दिएको भन्दै आलोचना गरे ।

‘कति ठाउँबाट विज्ञप्ति आए ? कतिले विज्ञप्ति चढाउन गए ? राजाका पालामा दाम चढाएजस्तो विज्ञप्तिमाथि विज्ञप्ति चढाउन जानुभएको होइन ? सुशासन समितिको सभापति सिंगो पार्टीको सांसद बोकेर पक्राउ पूर्जि जारी भएको अभियुक्तलाई भेटेर म तपाईंको साथमा छु भन्नुहुन्छ । अनि सुशासनको अपेक्षा गर्ने ? यति बोलेका कारण मैले कतिवटा सम्पादकीय भोग्नुपर्ने हो ? अब त संसदीय समितिमा मलाई ठग प्रमाणित गर्न कुनै आपत्ति हुँदैन होला । यो देशमा कोही न कोही त जेल जानैपर्छ । सुरुवात मबाट गर्नुस, शुभकामना छ’, उनले भने ।

यो पनि पढ्नुहोस्

जसपाले सरकारलाई दिएको समर्थन फिर्ता

जसपाले सरकारलाई दिएको समर्थन फिर्ता

४ घण्टा अगाडि
पुरानो राज्य व्यवस्था समितिको बैठक कक्षमा खतिवडासँग बयान

पुरानो राज्य व्यवस्था समितिको बैठक कक्षमा खतिवडासँग बयान

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा डिजिटल सशक्तिकरण साक्षरता सम्पन्न

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

घट्याे सुनचाँदीकाे भाउ

आज दिउँसो देशभर साधारणतया बदली रहने

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

राम्रा कामलाई देख्न नसक्नेहरुले सरकारमाथि भ्रम छर्न खोज्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक