मङ्ल, मंसिर ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मधेसका मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत लिएलगत्तै सरकारमाथि सङ्कट उत्पन्न

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
मधेसका मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत लिएलगत्तै सरकारमाथि सङ्कट उत्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत लिएलगत्तै सरकारमाथि सङ्कट उत्पन्न भएको छ ।  मन्त्रालय बाँडफाँटमा कुरा नमिलेपछि जनमत पार्टी नेतृत्वको सरकारको विकल्प खोज्न थालिएको छ । मधेस प्रदेशका कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी र एमालेले यस विषयमा छलफल गरिरहेका छन् ।

कांग्रेसले अर्थ मन्त्रालयसहित चार वटा र लोसपाले दुई वटा मन्त्रालय मागिरहेको छ । तर जनमत पार्टीले कांग्रेसलाई अर्थबाहेक तीन वटा र लोसपालाई एक मन्त्री र एक राज्यमन्त्री दिने भनिरहेको छ ।

कांग्रेस र लोसपा भने जनमतको सो प्रस्ताव मान्ने पक्षमा छैनन् । दुवै दल आ–आफ्नो अडानमा छन् । परिणामस्वरुप मधेसको विवाद केन्द्रमा आइपुगेको छ ।

केन्द्रमा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा र लोसपाका अध्यक्ष महन्थ ठाकुरको बिचमा कुराकानी भइरहेको जनाइएको छ ।

जनमत पार्टीका मधेस प्रदेश सांसद एवं संसदीय दलका नेता महेश यादवले मन्त्रालयको सङ्ख्यामा विवाद नरहेको भन्दै मुख्य विवाद अर्थ मन्त्रालयमा रहेको जनाए । जसको नेतृत्वमा सरकार हुन्छ, त्योसँग अर्थ मन्त्रालय रहने गरेको विगतदेखिकै उदाहरण रहेको भन्दै उनले जनमतको नेतृत्वमा सरकार रहेकाले अर्थ मन्त्रालय जनमतले नै राख्ने जनाए ।

विगतमा जसपा नेपालले लामो समय मधेस सरकारको नेतृत्व गर्दा उसले पनि अर्थ मन्त्रालय आफूसँगै राखेको भन्दै यादवले त्यतिबेला कुनै दलले विरोध नगरेको स्मरण गराए । उनले भने, ‘कुरा मिल्छ, यो ठुलो विवाद होइन, केन्द्रले यो विषयमा चाँडै टुङ्गो लगाउँछ ।’

कांग्रेसका प्रदेश संसदीय दलका नेता कृष्ण यादवले सहमति अनुसार कुरा अगाडि बढेन भने विकल्प खोजिने बताए । उनले भने, ‘हामीले अर्थ मन्त्रालयसहित चार वटा मन्त्रालय मागेका छौँ, त्यसमा हाम्रो सहमति थियो तर अहिले मुख्यमन्त्रीले मानिरहनु भएको छैन ।

अर्थ मन्त्रालय पाएनौँ भने हामी सरकारमा जाँदैनौँ । आवश्यक परे जनमत सरकारको विकल्प खोज्छौँ ।’ मधेस प्रदेशमा देखिएको विवादको बारेमा केन्द्रलाई जानकारी गराइसकेको बताउँदै उनले केन्द्रले यसलाई चाँडै टुङ्गो लगाउने जनाए ।

लोसपाका महासचिव मनिष मिश्रले मधेस प्रदेशको विवादको बारेमा केन्द्रमा छलफल चलिरहेको बताए । लोसपाले दुई वटा मन्त्रालयमा दाबी गरेको भन्दै उनले यो विषय चाँडै नै टुङ्गो लाग्ने प्रस्ट पारे ।

अहिलेको मधेस सरकारमा जनमत र एमालेका मन्त्रीमात्र छन् । सरकार विस्तार गर्न नसकेका मुख्यमन्त्री सतिश सिंहले ६ वटा मन्त्रालयको जिम्मेवारी आफैँसँग राखेका छन् ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री र रास्वपाका सभापतिबीच भेटवार्ता

प्रधानमन्त्री र रास्वपाका सभापतिबीच भेटवार्ता

३ दिन अगाडि
प्रधानमन्त्रीको २ दिने भारत भ्रमण तालिका सार्वजनिक

प्रधानमन्त्रीको २ दिने भारत भ्रमण तालिका सार्वजनिक

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘विश्व कीर्तिमानी डा. उपाध्याय अमेरिका बुक अफ रेकर्ड्स’को ‘हल अफ फेम’मा

ताप्लेजुङमा ५.६ म्याग्निच्युडको भूकम्प

भैरहवाबाट हवाई रुट दिन भारत सहमत, नेपालको दशक लामो प्रयासमा ब्रेक थ्रु

प्रम बालेनको भ्रमणमा देखावटी पक्ष मात्रै राम्रो देखियाे

आनि छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक