वीरगञ्ज । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालका नाममा खोलिएको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सर्प पाल्दा भ्रष्टाचार गरेको ठहर गर्दै मधेस प्रदेशका पूर्बअर्थमन्त्रीसहित आठजनालाई अदालतले कैद र जरिवाना तोकेको छ।
विशेष अदालतले मंगलबार प्रतिष्ठानमा सर्प पाल्दा भ्रस्टाचार गरेको ठहर गर्दै मधेसका पूर्बअर्थमन्त्री विजयकुमार यादवलाई सबैभन्दा बढी कैद र जरिवाना तोकेको छ ।
उनलाई बिशेष अदालतले नौ बर्ष एक महिना कैद हुने फैसला गरेको छ ।
साथै मन्त्री यादवलाई दुई करोड ३५ लाख २९ हजार ३६८ रुपैया जरिवाना तोकेको छ ।
यस्तै सोही भ्रष्टाचार मुद्दामा झलनाथ खनाल प्रतिष्ठानका अध्यक्ष अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भण्डारी र सदस्य देवेन्द्र रायलाई जनही ८ वर्ष कैद र जनही दुई करोड ३५ लाख २९ हजार ३६८ रुपैया जरिवाना गर्ने अदालतले फैसला गरेको छ ।
झलनाथ खनाल प्रतिष्ठानले सर्प पालन गरेर एन्टिभेनम उत्पादनका लागि सर्लाहीको लालबन्दी नगरपालिकामा प्रतिष्ठानको सहकार्यमा ‘एन्टिभेनम प्रोडक्सन एन्ड रिसर्च सेन्टर, नेपाल स्थापना, व्यवस्थापन र सञ्चालन गर्ने गरी रकम निकासा भएको थियो।
मधेस प्रदेश सरकारको आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममा समावेश भई बजेट वक्तव्यमा नेपाल सरकार र प्रदेश सरकारको लागत सहभागिताका आधारमा सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापनाका निमित्त भौतिक संरचना निर्माणको काम अघि बढाउन उक्त बजेट दिइएको थियो ।
प्रदेश सरकारबाट विनियोजित र संघीय सरकारबाट प्राप्त हुने समपूरक अनुदान रकमबाट योजना अघि बढाउने भनिएको थियो। बजेट निकासा भएपनि कामै नगरी करिब १८ करोड रकम हिनामिना भएपछि अख्तियारले विशेष अदालतमा पूर्वमन्त्री विजयकुमार यादवसहित सात जनाविरुद्ध ०८० असोज २१ गते भ्रष्टाचार मुदा दायर गराएको थियो।
मन्त्री यादव सहित आठ जनालाई यसअघि अदालतले गत असार ११ गते दोषी ठहर गरेको थियोे भने मंगलबार अदालतका न्यायाधीश टेक नारायण कुवर,तेज नारायण सिंह राई र मुरारी बाबु श्रेष्ठको इजलासले कैद र जरिवाना तोकेको हो ।