सोम, मंसिर १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘देउवा–ओली गठबन्धनविरुद्ध माओवादी एक हुन्छ’

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
‘देउवा–ओली गठबन्धनविरुद्ध माओवादी एक हुन्छ’
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । विप्लव नेतृत्व नेकपा नेताहरुले ठूलो बलिदान र त्यागबाट आएको परिवर्तनलाई उल्ट्याउने षड्यन्त्रसहिति भएको काँग्रेस–एमालेको गठबन्धन विरुद्ध सबै माओवादीले एकभएर मुकाविला गर्ने नेताहरुले उद्घोष गरेका छन् ।

संविधान संशोधन गरेर समानुपातिक र समावेसीलगाएतका उपलब्धिको रक्षाका लागि जस्तोसुकै संघर्षमा पनि जाने नेताहरुले चतावनीसमेत दिएका छन् ।
मंगलबार राजधानीको संवाद डबलीमा ‘सहिद निरकुमार राईको छैटौं स्मृति दिवस’ कार्यक्रममा नेकपाका पोलिटब्यूरो सदस्य माईला लामाले निरकुमार राई जस्तैः हजारौंको बलिदानबाट आएको परिवर्तनलाई संस्थागत गर्नुको सट्टा त्यसलाई उल्ट्याउने चलखेल सुरु भएको आरोप लगाएका छन् । नेकपा (माओवादी केन्द्र) तिर इङ्गित गर्दै माओवादीको एक हिस्सा संसदीय राजनीतिमा रमाएको तर आफूहरु क्रान्तिलाई निरन्तरताका लागि अगाडी बढेको बताउँदै भने,“जनताले चाहेको र सहिदले देखेको सपनालाई बीच बाटोमै अलपत्र छाड्न सकिएन र एकीकृत जनक्रान्तिको रोडम्याप बनाएर लड्यौं, अब यसलाई थप मजबुद बनाएर लड्ने हो ।” लामाले दलाल पूँजीवादी व्यवस्थाको कारण हजारौं यूवाहरु पलायन हुनबाध्य भएको र देशलाई थप कमजोर बनाउन देउबा–ओलीको गठबन्धन भएको बताउँदै भने,“अहिले क्रान्तिकारी कमजोर भएको अवस्थामा प्रतिगामी शक्तिहरुले २०४७ तिर फार्काउने कुचेस्टा गरिरहेका छन् सबै माओवादी एक बनेर लडौं ।”

वरिष्ठ अधिवक्ता एकराज भण्डारीले अस्थिरताको गोलचक्करमा फसाएर देशलाई असफल र कंगाल बनउने मुख्य दोषी संसदिय व्यवस्था भएको र त्यसको विकल्प खोज्नु पर्ने धारणा राखे । क्रान्तिबाट आएको माओवादी शक्ति पनि संसदिय भाषमा फेसको कराण उपलब्धिको रक्षा नभएको जिकिर गर्दै भने,“यो व्यवस्थामा प्रचण्ड,केपी या देउबा जो आएपनि सबै दूध चोर बिराला जस्तै हुन्, त्यसैले अब यो व्यवस्थाको व्यवस्थाको विकल्प खोजौं ।” भण्डारीले काँग्रेस–एमालेको संविधान संशोधनको मुद्धाले माओवादी र उत्पीडित जनतालाई झस्काएको र प्रतिगमनतिर र्फकन लागेको बताउँदै सबै परिवर्तनमकारी शक्ति एक ठाउँमा आउनु पर्ने बताए । भण्डारीले सत्य निरुपँण तथा मेलमिलाप आयोग र वेपत्ता योद्धा छानविन  समितिलाई अलपत्र पारेर शान्तिप्रक्रियालाई तार्किक निस्कर्षमा पुर्यान चुक्नु दूर्भाग्य भएको बताए । “अब निरकुमार राई तथा हजारौं सहिद तथा वेत्ताहरुको न्याय र जनताको हितका निम्ति सबै माओवादी र परिवर्तनकारी शिक्तिहरु एक ठाउँमा आउनुको विकल्प छैन ।” भण्डारीले बताए ।

सो पार्टीका काठमाडौं जिल्ला सेक्रेटरी चिरन्जीवी ढकालले सहिद निरकुमार राईले देखेको सपना र परिवर्तनको सोचलाई हरेक क्रान्तिकारीहरुले आत्मसाथ गर्नु पर्ने धारणा राख्दै भने,“कमरेड निरकुमार सहिद हुन तयार हुनुभयो तर तानाशही सत्ता सामु झुक्नु भएन, जो हाम्रो आदर्श हो ।

जनपत्रकार संगठनका अध्यक्ष शेरबहादुर विश्वकर्माले देश संसदिय व्यवस्थाको दलदलले क्रान्तिकारीहरुलाई जकड्याएको अवस्थामा सबैले त्यसबाट निस्कने प्रयास गर्नु पर्नेमा जोड दिए ।

सो कार्यक्रममा राजनीतिक विश्लेशक नरेन्द्रजंग पीटर, सहिद निरकुमारकी जीवन संगिनी इन्द्रकला राई,घाइते योद्धा सुरेन्द्र महर्जन,सहिद कुमार पौडेलकी दिदी,सहिद निरन्तरकी जीवन संगिनी पूर्णिमा, सहिद प्रज्वल शाहीकी बहिनी मनिषालगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता काठमाडौं जिल्ला सेक्रेटरी चिरन्जीवी ढकालले गरेका थिए भने सञ्चलन अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव कुशल बोगटीले गरेका थिए ।

नेकपाका तत्कालिन भोजपुर जिल्ला इन्चार्ज निरकुमार राइको २०७६ असार ६ गते तत्कालिन केपी ओली सरकारले हत्या गरेको थियो ।

यो पनि पढ्नुहोस्

सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा सहमति

सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा सहमति

६ घण्टा अगाडि
तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विदेशमा रहेका देउवा परिवारको सम्पत्ति शुद्धीकरणको अनुसन्धान कसरी हुन्छ ?

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ललितपुरमा चोरी गर्ने समूहका व्यक्तिहरू पक्राउ

सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

१२ हजार ९६७ जना सवारीचालक कारबाहीमा

एमालेकाे राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक