काठमाडौं । शशिला मोटर्सले Vanche ब्राण्डको २२ सिट क्षमताको नयाँ विद्युतीय यात्रुवाहक बस नेपाल भित्र्याउने भएको छ । एक पटकको फुल चार्जमा तीन सय किलोमिटर गुड्ने यो बसमा ४ सय एनएमको टर्क र १ सय ४० किलोवाटको पिकपावर रहने कम्पनीले जनाएको छ ।
CATL १ सय २३ किलोवाटको Lithium Iron Phosphate ब्याट्री जडान हुने यो बसमा पूर्ण रुपमा एयर कन्डिसन र सबै खाले सेफ्टी फिचर उपलब्ध हुनेछ भने लम्बाइ २५ फिट हुनेछ । फराकिला सिट र पर्याप्त खाली ठाउँ हुने भएकाले लामो तथा छोटो दुरीमा सञ्चालन गर्न यो बस यात्रु मैत्रीहुने शशिला मोटर्सका प्रवन्ध निर्देशक सन्तोष खतिवडाले जनाएका छन् ।
१ सय २३ किलोवाटको ब्याट्री क्षमताको विद्युतीय गाडी नेपालमै पहिलो पटक ल्याउन लागिएको खतिवडाको दावी छ । उनले बस आइपुग्नु भन्दा पहिलो आवश्यक पार्टपुर्जा र सर्भिसिङ तथा मर्मत सबैको व्यवस्था मिलाइने र बस सञ्चालकलाई बिना झन्झट सेवा दिने पनि जनाएका छन् ।
दशैँलाई लक्षित गरि ल्याउन लागिएको उक्त बसको बुकिङ भने अहिलेदेखि नै खुल्ला भएको छ । विगत दश वर्षदेखि व्यवसायिक गाडीहरु विक्री–वितरण गर्दै आएको शशिला मोटर्स पछिल्लो समय नेपालको लागि हाइगर विद्युतीय बसको आधिकारिक बिक्रेता रहेकोमा अब नेपालको लागि Vanche ब्राण्डका सबै बस तथा भ्यानहरुको पनि आधिकारिक बिक्रेता बनेको छ । जुन Sprinter डिजाइनको बस बनाउने चीनकै अग्रणी कम्पनी हो ।

