सोम, मंसिर १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बेचन झा पक्राउ परेपछि कांग्रेस ‘बेचैन’ भएको अर्थमंत्री पुनको दाबी

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
आगामी आर्थिक वर्षको बजेटलाई वस्तुनिष्ठ बनाउनु जरुरी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। नेपाली कांग्रेस र नेकपा एमालेसहितको सत्ता समीकरण फेरबदल गर्ने सहमति भएसँगै माओवादी केन्द्रका उपमहासचिव एवं अर्थमन्त्री वर्षमान पुनले आफू प्रतिपक्षमा बस्ने बताएका छन् । साथै उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोहोरो भूमिका खेलेकोमा आश्चर्य व्यक्त गरेका छन् ।

सोमबार साँझ कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष ओलीबिच सत्ता सहकार्य गर्ने सहमति गरेर मध्यरातमा राष्ट्रपति भेट्न शीतल निवास पुगेपछि मन्त्री पुनले आश्चर्य व्यक्त गरेका हुन् । ‘प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले बाहिर आएका विषय सबै भ्रम हुन्, यही गठबन्धनलाई अझ बलियो बनाएर ०८४ को चुनावसम्म लैजाने र चुनावपछि पार्टी एकता गर्ने प्रधानमन्त्री प्रचण्डलाई भन्दै ओलीले ढुक्क हुन भन्नुभएको थियो,’ पुनले भने ।

‘दिउँसो दुई जना अध्यक्ष बसेर यो गठबन्धन बलियो हुन्छ भन्नुभएको हो । चुनावसम्म सँगै जाने, चुनावपछि पार्टी एकता गर्ने भनेका थिए । बाहिर आएका हल्ला केही होइन । भ्रम फैलाइयो भन्नुभएको थियो । कसलाई विश्वास गर्ने ? सहमति गरेको भए प्रतिपक्षमा बसौँला,’ मन्त्री पुनले भने ।

राति एमालेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलसँग सम्पर्क हुँदासमेत त्यस्तो केही नभएको बाहिर आएको भ्रमबारे वक्तव्य निकाल्ने जानकारी दिएको उनले बताए ।

साथै नक्कली शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि प्रमुख प्रतिपक्षी कांग्रेस आत्तिएर समीकरण फेरबदलमा लागेको पुनले आरोप लगाए । ‘समस्या बजेटमा होइन । बेचन झाबाट समस्या भएको हो । झा पक्राउ परेपछि कांग्रेस साह्रै डरायो । प्रहरीको प्रतिवेदनमा कांग्रेसका शीर्ष नेता संलग्न रहेको उल्लेख छ’, मन्त्री पुनले भने । यस विषयमा पार्टीको बैठक बसेर थप निर्णय लिने पुनले बताए ।

शनिबार ओली निवास बालकोटमा सत्ता समीकरण फेरबदलको विषयमा देउवा र ओलीबिच छलफल भएपछि प्रधानमन्त्री प्रचण्डले आइतबार र सोमबार लगातार छलफल गरेका थिए । अहिलेकै गठबन्धनलाई थप बलियो बनाएर जाने सहमति गरेका थिए । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा समेत प्रधानमन्त्री प्रचण्डले अहिलेकै गठबन्धन कायम रहने ब्रिफिङ गरेका थिए ।

सत्ता समीकरण बदलिएसँगै ओलीले २०७९ फागुनमा तीन महिना नपुग्दै सरकारबाट बाहिरिएको बदला प्रचण्डसँग लिएका छन् । त्यति बेला कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाउने आश्वासन दिएर पुस १० गते प्रचण्डलाई प्रधानमन्त्री बनाएका थिए । देउवालाई झुक्क्याएजस्तै गरी यस पटक ओलीले प्रचण्डलाई जिल्याएका छन् ।

यो पनि पढ्नुहोस्

सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा सहमति

सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा सहमति

३ घण्टा अगाडि
आजैदेखि कार्यान्वयन भयाे स्वयंसेवकका रुपमा खटाउने निर्णय

१२ हजार ९६७ जना सवारीचालक कारबाहीमा

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विदेशमा रहेका देउवा परिवारको सम्पत्ति शुद्धीकरणको अनुसन्धान कसरी हुन्छ ?

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

१२ हजार ९६७ जना सवारीचालक कारबाहीमा

एमालेकाे राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने

शिक्षा मन्त्रीले ‘हरित विद्यालय’ मोडलबारे लिए जानकारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक