काठमाडौं । साहित्यकार, मानव शास्त्री डा. बालगोपाल श्रेष्ठ २० औँ कृति ‘हेरिटेज पिर्जभेसन एण्ड राइट्स इन नेपाल’ सार्वजनिक भएको छ ।
हलि नेवाः दबूद्धारा दिनदिनै प्रशारन मार्फत डा. बाल गोपाल श्रेष्ठको नयाँ पुस्तक सार्वजिनिक कार्यक्रमको प्रमुख अतिथि प्रा.डा. डेविट गेल्नरले सार्वजनिक गरिएको थियो ।
हलि नेवाः दबूका अध्यक्ष संयुक्त श्रेष्ठले उक्त पुस्तकको बारेमा जानकारी गराए भने प्रमुख अतिथि गेल्नरं डा. बालेगोपाल श्रेष्ठका नयाँ पुस्तक सार्वजनिक गर्न पाएकोमा ज्यादै हर्षित भएको जनाए ।
कार्यक्रमका अतिथि बज्र पब्लिकेशन प्रा.लि.का अध्यक्ष विदुर डंगोलं डा. बालगोपाल श्रेष्ठले व्यक्तित्वकाे पुस्तक सार्वजनिक गर्ने अभिभारा आफूलाई दिएकोमा गौरवान्वित भएको धारणा राखे ।
यो भन्दा अगाडि द नेवार अफ सिक्किम पुस्तक प्रकाशित भइसकेको छ ।
पुस्तक लेखक डा. बालगोपाल श्रेष्ठले विगत लामोसमय देखि बज्र पब्लिकेसनले पुस्तक प्रकाशित गरिएकोमा आभार प्रकट गर्दै सम्पूर्ण भाषा, कला सम्पदा अनुरागीहरुलाई साथ, हौसला दिएकाले पुस्तक प्रकाशन गर्न सफल भएको जानकारी गराए । सो कार्य्रकम नरेश शाक्यले सञ्चालन गरिएको थियो ।


