सोम, मंसिर १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

महिलामाथि अपमान गर्ने नियत छैन : सांसद मण्डल

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
महिलामाथि अपमान गर्ने नियत छैन : सांसद मण्डल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रतिनिधिसभाका सांसद योगेन्द्र मण्डलले महिलामाथि अपमान गर्ने आफ्नो नियत नरहेको जनाएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा बजेटको मन्त्रालयगत छलफलका क्रममा बुधबार दिएको अभिव्यक्तिमाथि महिला सांसदले प्रश्न उठाएपछि उनले प्रस्टीकरण दिएका हुन् ।

“त्यो दिन हामी महिला र कानुन मन्त्रालयकै विषयमा कुरा गर्दैथ्यौँ । महिलाको अपमानका कुरा, महिलासँग जोडिएको कुरा कुनै पनि त्यो दिन मक्सद थिएन,” उनले भने, “कानुन र महिला दुईवटाको समन्वयबाट राम्रो कानुन बनोस् । जनताले दुःख नपाओस् भन्न मात्रै खोजेको हो । त्यसैकारण सुवर्ण रेखाको उदाहरण दिएको थिएँ ।”

उनले बुधबारको बैठकमा वैवाहिक बलात्कारको मुद्दाका विषयमा बोलेका थिए । “श्रीमान्‌माथि पनि महिलाले जबरजस्ती करणीको मुद्दा हाल्न पाउँछ । एकदम खुसी छु । महिलाको अधिकारको कुरा हो । श्रीमान् आफूलाई मन लागेको बेला, आफ्नो इच्छा पूरा गर्न के गर्ने?,” उनले भनेका थिए ।

आफूले स्टन्टबाजीका लागि उक्त अभिव्यक्ति नदिएको उनको भनाइ छ । “डेढ वर्षअघि जुम्ला जिल्लाको अदालतमा सुवर्ण रेखाजस्तै भएको थियो । एकजना इमान्दार मानिसमाथि एकजना महिलाले आरोप लगाइन्, पछि छानबिनमा पुरुष निर्दोष सावित भयो । र, त्यो महिलालाई अढाइ वर्षको जेल सजाय तोकियो । म त्यत्तिकै बोल्दिनँ । स्टन्टबाजी गर्दिनँ,” उनले भने ।

मण्डलले आफू महिला अधिकारवादी भएको र नाम लेख्ने अभियान चलाएको स्मरण गरे । “म जहाँ जन्मेको छु । २५ वर्षअघि ९० प्रतिशत भन्दा बढी महिला निरक्षर छन् । मैले नाम लेख्ने अभियान चलाएँ, अहिले पनि त्यो अभियान चलिरहेको छ । दुई लाखभन्दा बढी  महिलाले नाम लेख्न जानेका छन्,” उनले भने ।

उनले आफूले बोलेको विषय आपत्तिजनक भए त्यहीदिन ढ्यापढ्याप किन नगरेको भनी प्रश्न सोधे ।

“मेरो नियत त्यो होइन, म महिलालाई सम्मान गर्छु । त्यो दिनको रेकर्डमा माननीयज्यूहरूलाई आपत्ति थियो भने ढ्यापढ्याप गर्न सक्नुहुन्थ्यो,” मण्डलले भने, “नियमावलीमा छ त । अहिले तीन दिन पछाडि पत्रिकामा आइसकेपछि…। यो पनि नगरौँ ।”

मण्डलले राष्ट्रियतालाई प्राथमिकतामा राखेर कानुनको कमिकमजोरीलाई सुधार्न आग्रहसमेत गरे ।

यो पनि पढ्नुहोस्

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

२० घण्टा अगाडि
भ्रष्टाचारविरोधी नागरिकहरुको पहलमा २५ लाख बराबरको पत्रकारिता पुरस्कार स्थापना

अर्थमन्त्री वाग्ले स्वदेश फर्किए

२० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

व्यवसायी महेश श्रेष्ठ कीर्तिपुरबाट पक्राउ

सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

छटघाट कुरेर बसेका वृद्ध शंकास्पद अवस्थामा मृत फेला

गगनमाथि कांग्रेसको अभिभारा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक