काठमाडौं । साफ यु-२० च्याम्पियनसिपमा घरेलु टिम नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने भएको छ ।
दक्षिण एसियाली फुटबल (साफ) ले बुधबार निकालेको खेल तालिका अनुसार पहिलो खेल साउन ३२ गते दिउँसो २ बजे हुनेछ । सोही दिन साँझ ६ बजे बंगलादेश र पाकिस्तानबीच पनि खेल हुनेछ ।
नेपालले समूह ए मा ३ खेल खेल्नेछ । नेपालले दोस्रो खेल भदौ ३ मा पाकिस्तानसँग र भदौ ६ मा बंगलादेशसँग खेल्नेछ । समुह ए मा नेपाल, पाकिस्तान, बंगलादेश र श्रीलंका रहेका छन् । समुह बीमा भारत, माल्दिभ्स र भुटान रहेको छ ।


