काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याएको सुनसहित चार जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा मोरङको केराबारी गाउँपालिका–९ का ३१ वर्षीय सरोज कोइराला, रौतहटको कटहरिया नगरपालिका–६ का २४ वर्षीय मोहम्मद इन्तेयाज आलम, सप्तरीको सुरुङ्गा नगरपालिका–५ का २१ वर्षीय मोहम्मद अरमान र सप्तरीको खडक गरपालिका–६ का ३७ वर्षीय ज्याउदिन मियाँ छन् ।
प्रहरीले कोइराला र आलामको साथबाट २५ ग्राम सुनको सिक्री एक थान र ६९ दशमलव ९९ ग्राम सुनको काँचो डल्लो बरामद गरेको जनाएको छ । यस्तै अरमान र मियाँको साथबाट ५० ग्राम सुनको सिक्री बरामद भएको छ ।
उनीहरू विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ क्षेत्रबाट पक्राउ परेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


