काठमाडौं । भारतीय समकक्षी नरेन्द्र दामोदर मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन भारत पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ साेमबार स्वदेश फर्किँदै छन्।
आइतबार दिउँसो भारत पुगेका प्रधानमन्त्री दाहाल आज साँझ स्वदेश फर्किन लागेका हुन्।
प्रधानमन्त्री मोदीको औपचारिक निमन्त्रणमा दाहाल आइतबार दिउँसो भारत प्रस्थान गरेका हुन्। उनले भरतमा समकक्षी मोदीको शपथग्रहण समारोहमा भाग लिनुका साथै शिष्टाचार भेटवार्तासमेत गरेका छन्।
भेटमा उनीहरूबीच नेपाल-भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो। सो अवसरमा उनीहरूबीच विगतमा भएका समझदारी एवं सम्झौताहरूको कार्यान्वयनका बारेमा पनि छलफल भएको थियो।
प्रधानमन्त्री दाहालसँग कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी छन्।


