काठमाडौं । नेपाल टेलिकमका ग्राहकले मासिक एक हजार रुपैयाँमा फाइबर इन्टरनेट, आईपीटिभी, मोबाइल डेटा र भ्वाइस कलको सुविधा पाउने भएका छन् ।
नयाँ इन्टरनेट प्रयोगकर्ताका लागि टेलिकमले प्रति वर्ष १२ हजार रुपैयाँमा यस्तो अफर दिन लागेको हो । यसअन्तर्गत ५० एमबीपीएसको इन्टरनेट, दैनिक ६०० एमबी मोबाइल डेटा, तीन हजार मिनेट भ्वाइस प्याक पाउन सकिन्छ ।
आईपीटिभीमा भने १८५ भन्दा बढी टिभी च्यानल उपलब्ध हुने टेलिकमले जनाएको छ । कम्पनीले यो प्याकेज वार्षिक ग्राहकका लागि उपलब्ध गराउने जनाएको छ ।
त्यसो हुँदा वार्षिक प्याकेज लिने ग्राहकले मासिक एक हजार रुपैयाँमै सो सुविधा पाउन सक्ने छन् । यो अफरबाट थप बुझ्न ०१-५९७००१९ फोन गर्न वा [email protected] मा इमेल पठाउन सकिनेछ ।


