काठमाडौं । काठमाडौं, टोखा नगरपालिका-८ बानियाँटारस्थित राम बहादुर थापाको घरबाट नगद, सुनका विभिन्न गरगहना तथा अन्य सामानहरू समेत गरी अन्दाजी २८ लाख १७ हजार ५ रूपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ ।
यसैगरी, काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने ३६ वर्षीय सुदिर फुयालको घरको दोस्रो तलाको कोठाबाट ढोकाको ताला फुटाली सुनका विभिन्न गरगहना तथा नगद समेत गरी करिब ४ लाख २७ हजार रूपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ । साथै सोही घरमा डेरा गरी बस्ने मकवानपुर फापरबारी गाउँपालिका-१ घर भएका ३० वर्षीय आक्रम बहादुर पुलामीको कोठाको चाबी फुटाई ल्यापटप र नगद गरी अन्दाजी ८५ हजार रूपैयाँ बराबरको धनमाल समेत चोरी भएको छ । चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


