काठमाडौं । गिरीबन्धु टी–इस्टेटको विषय संसदीय समितिमा उठेको छ ।
शुक्रबार बसेको प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठकमा कांग्रेस सांसदहरूले गिरीबन्धु टी–इस्टेटको विषयमा छलफलको माग राखेका हुन् ।
झापाको गिरीबन्धु टी–इस्टेटको जग्गा कानुन बनाएर ३ सय ४३ बिघा १० कठ्ठा जग्गा अन्य ठाउँमा सट्टापट्टा गर्न सकिने बाटो खोलिएको थियो ।
लेखा समितिको बैठक औपचारिक रूपमा सुरु नहुँदै कांग्रेस सांसद श्यामकुमार घिमिरेले गिरीबन्धु टी–इस्टेटको विषयमा के गर्ने हो भनेर समिति सभापति ऋषिकेश पोखरेलसँग कुरा राखेका थिए । ‘सभापतिज्यू हामीले गिरीबन्धु टी–इस्टेटको विषयमा छलफल गर्नुपर्ने हो कि ?’ घिमिरेले भने । समिति सभापति पोखरेलले जवाफ फर्काए, ‘छलफल गर्नुपर्ने भए गरौंला के छ र ! मन्त्रीलाई नै बोलाउँला, निर्णय के भएको रहेछ मगाएर हेरौंला ।’


