काठमाडौं । इलाम, चुलाचुली गाउँपालिका-४ आईतबारेस्थित ऐना पोखरीमा डुबेर सोही ठाउँ बस्ने मन बहादुर जोगीकी छोरी १८ वर्षीया बिनिता जोगीको बिहीबार दिउँसो मृत्यु भएको छ ।
ललितपुर, गोदावरी नगरपालिका-१३ झरुवाराशी सन्तानेश्वरस्थित कोक्रो खोला नजिकै वारगाहा झरनामा काभ्रे घर भई ललितपुर गोदावरी नगरपालिका-१४ बाडेगाँउ बस्ने २२ वर्षीय सञ्जय नेपालीको पौडी खेल्ने क्रममा डुबेर बिहीबार साँझ मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
अछाम, पञ्चदेवल विनायक नगरपालिका-४ बेल्खेतस्थित कर्णाली नदीको किनारमा दैलेख आठबिस नगरपालिका-४ खिड्की जिउला बस्ने २२ वर्षीय पारस माझिको नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको छ । जेठ १८ गते कर्णाली नदीमा नुहाउने क्रममा बगेर बेपता भएका उनको खोजी गर्ने क्रममा उक्त नदी किनारमा शव फेला परेको हो ।
मोरङ, कानेपोखरी गाउँपालिका-७ स्थित सुकुना खोलामा डुबेर सोही ठाउँ बस्ने ५५ वर्षीय देबी बहादुर सिबाकोटीको बिहीबार बेलुकी मृत्यु भएको छ । खोलामा डुबेर अशक्त भएका उनको मदनभण्डारी ट्रमासेन्टर उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


