काठमाडौं । सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा कलाकारहरूको लाइनअप बलियो बनेको छ । यो फिल्ममा कलाकार विजय बराल अनुबन्धित भएका छन् ।
निर्माण पक्षले विजयसँगै बुद्धि तामाङलाई पनि अनुबन्धित गराएको छ । यस अघि चलचित्रकालागि मुख्य भूमिकामा गायक तथा कलाकार प्रकाश सपूत र मुकुन भुसाल अनुबन्धित गराएको थियो । यस्तै, अभिनयका कारण चिनिँदै आएका कलाकार विनोद न्यौपाने, कलाकार भोला राज सापकोटा र देशभक्त खनाललाई पनि निर्माण टिमले अनुबन्धित गराएको थियो । फिल्मको मुख्य नायिकामा अञ्जना बराइली अनुबन्ध भएकी छन् ।
चलचित्रमा उनीहरुको भूमिकाको बारेमा अहिले केही पनि खुलाइएको छैन । अहिलेसम्म अनुबन्धित भएका सबैकलाकारहरूलाई शीर्ष भूमिका देख्न सकिने निर्माता विनोद पौडेलले जानकारी दिएका छन् । यस्तै यो चलचित्रको बालकलाकारमा जान्भि पौडेल र स्वायम केसीको अभिनय रहने भएको छ । यस चलचित्रलाई सरोज पौडेलको निर्देशन गर्दै छन् । चलचित्रमा उनकै लेखक रहेको छ । निर्देशक पौडेलका अनुसार यो चलचित्र गन्धर्व परिवारको कथामा आधारित ‘सोसल ड्रामा’ हुने छ ।
यही साता भित्र छायांकनमा जाने तयारी रहेको यस चलचित्रलाई अन्तर्राष्ट्रिय रुपमा फिल्म वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको हो । फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ । रमेश चौलागाईं र हरि श्रेष्ठ फिल्मका कार्यकारी निर्माता हुन् ।
महेश दवाडीको पटकथा तथा संवाद रहन फिल्ममा प्रशान्त सिवाकोटीको संगीत रहने छ । यो चलचित्रको प्रदर्शन मिति आउँदो वर्षलाई तोकिएको छ । निर्माण टिमले फिल्मलाई विं.सं.२०८२ सालभित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।