सोम, मंसिर १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

ढोरपाटन सिकार आरक्षको राजस्व हरेक वर्ष बढ्ने

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

रुकुमपूर्व । रुकुमपूर्व, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको राजस्व हरेक वर्ष बढ्ने क्रममा छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म चार करोड ४८ लाख १५ हजार राजस्व सङ्कलन भएको छ । गत वर्ष तीन करोड ४८ लाख मात्रै राजस्व सङ्कलन भएको थियो तर यो वर्षको असारसम्ममा गत वर्षको दोब्बर राजस्व सङ्कलन हुने अपेक्षा छ ।

कोरोना सङ्क्रमण, स्थानीयको विवादलगायतका कारण सिकारी आउन नसक्दा राजस्व सङ्कलन घटेको थियो । सहज यात्रा गर्दै सिकार गर्न पाउने अवस्था भएर बढीबढाउमा सिकारी छानिने अवसरले राजस्व बढेको हो ।

आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले चालु आवका दुई सिजनमा गरी ढोरपाटनमा ३० वन्यजन्तुको सिकार भएको छ । सिकार अनुज्ञापत्र शुल्कबाट मात्रै चार करोड २६ लाख राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो । त्यसबाहेक पर्यटक प्रवेश शुल्कबाट ११ लाख ६५ हजार, काठ, नदीजन्य वस्तु र जरिबानाबाट नौ लाख चार हजार र हेलिकोप्टर अवतरण गराएबापत ५७ हजार राजस्व सङ्कलन भएको हो ।

गत वर्ष सात हजार ६४५ पर्यटक मात्रै आएकोमा चालु वर्ष नौ हजार ४३६ पर्यटक आएको तथ्याङ्क छ । सिकार भने गत वर्ष पनि ३० वटै भएका थिए । सिकारका लागि आरक्षले तोकिएको कोटामा बढीबढाउ गरेर सिकारी छानिने प्रावधान छ ।

वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले कोटाको आधारमा सिकारीको टेन्डर खुलाउने गरेको छ । त्यसअघि आव २०७८/७९ मा भने नौ हजार ९१९ पर्यटक आए पनि राजस्व भने एक करोड ७५ लाख ७७ हजार मात्रै सङ्कलन भएको थियो । कोरोना सङ्क्रमणका कारण आव २०७६/७७ मा ३७ लाख र आव २०७७/७८ मा २० लाख मात्रै सङ्कलन भएको थियो ।

कोरोनापछि राजस्व सङ्कलन बढिरहेको हो । चालु वर्षको दुई सिजनमा गरी १९ वटा नाउर र ११ झारलको सिकार भएको छ । आरक्षमा सात वटा सिकार ब्लक रहेको छ ।

यो पनि पढ्नुहोस्

लोकतन्त्रमा दलका नेता, सांसद र सभामुखको भूमिका !

नागरिक आवासका लागि सरकारको प्रयास स्वागतयोग्य

३ घण्टा अगाडि
देशका युवालाई विदेश लखेट्ने नागरिकता नीति

गगनमाथि कांग्रेसको अभिभारा

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

व्यवसायी महेश श्रेष्ठ कीर्तिपुरबाट पक्राउ

रास्वपाका २० नेता आज चीन प्रस्थान

हिन्दु धर्मगुरुहरूले ‘पाँच पाण्डव’ हेरेपछि भने– हेर्नै पर्ने उत्कृष्ट सिनेमा

सुनको भाउ घट्याे

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक