मङ्ल, पुस १, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

माकुने विपक्षी दलहरुको बैठकमा सहभागी भएसँगै तरंग

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं  । बुधबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा भएको विपक्षी दलहरुको बैठकमा सहभागी भए।

एमाले माओवादी रास्वपासहितको गठबन्धनमा आबद्ध भए पनि असन्तुष्ट रहेका अध्यक्ष नेपाल विपक्षी दलहरुको बैठकमा सहभागी भएसँगै राजनीतिक क्षेत्रमा फेरि एकपटक तरंग पैदा गर्यो।

समाजवादी अहिलेको गठबन्धन छाडेर कांग्रेसहितको वैकल्पिक गठबन्धनमा जान लागेको हो कि भन्ने आशंकालाई नेपालको बुढानिलकण्ठमा भएको उपस्थितिले बल पुगेको छ।
बैठकमा मधेस प्रदेश सरकार गठनमा केन्द्रित भएर कुराकानी भएको थियो।

लगत्तै बिहीबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई बालुवाटार बोलाएर कुराकानी गरे। दाहालसँगको भेटपछि खनालले आफूहरु अहिलेकै गठबन्धनको पक्षमा रहेको बताउँदै अध्यक्ष नेपाल सहभागी भएको बैठकबारे पार्टीलाई जानकारी नभएको प्रतिक्रिया दिए।

दाहालले अध्यक्ष नेपालसँग पनि कांग्रेससहितको बैठकबारे सोधिखोजी गरे। जवाफमा नेपालले आफूहरु अहिलेकै गठबन्धनको पक्षमा रहेको जवाफ दिएको प्रधानमन्त्रीको सचिवालय र नेपालको सचिवालयले दाबी गर्यो। यति भएपछि तत्कालका लागि एकीकृत समाजवादी विपक्षी गठबन्धनमा जाँदैन भन्ने कुरा प्रष्ट भएको छ।

नेताहरुको अभिव्यक्तिमा मात्रै होइन, अहिलेको राजनीतिक धरातीय वस्तुस्थिति अनुसार पनि एकीकृत समाजवादी एमाले माओवादी गठबन्धन छाडेर कांग्रेसतिर जाने आधार देखिँदैन।

मधेसमा कांग्रेसहितको सरकारलाई साथ दिने हो भने एकीकृत समाजवादी संघीय सरकार, सुदुरपश्चिम प्रदेश सरकारको नेतृत्व र लुम्बिनीबाट पनि बाहिरिनु पर्ने हुन्छ।
एउटा प्रदेश सरकारमा जम्मा जम्मी हिस्सेदारीका लागि गठबन्धन नै छाड्ने कुरा हुन नसक्ने एकीकृत समाजवादीका केन्द्रीय सदस्य मोहन गौतम बताउँछन्। उनले भने, ‘बुढानिलकण्ठ बैठकपछि उत्पन्न तरंग तरंग मात्रै हो।’

उसो भए बैठकमा किन सहभागी भएको त भन्ने प्रश्नमा उनले भने, ‘हामी चुनावमा गठबन्धन गएर गएका थियौँ। कांग्रेसको समेत भोट लिएर हामीले जितेका हौँ। अनि उसले बोलाएको बैठकमा चाहिँ नजाने भन्ने हुँदैन।’

कांग्रेसहितको गठबनधनमा राप्रपा समेत मिसिँदा पनि संघीय संसदमा जम्मा १२२ सिट मात्रै हुन्छ। जुन वैकल्पिक सरकार बनाउन आवश्यक न्युनतम संख्या भन्दा कम हो।
संघीय सरकारमा हिस्सेदारी लिएको एकीकृत समाजवादीले अहिलेको सत्ता गठबन्धनबाटै सुदुरपश्चिम प्रदेश सरकारको नेतृत्व पाएको छ भने लुम्बिनीमा एक सांसद भए पनि मन्त्रिपरिषदमा भाग लिएको छ। मधेस प्रदेशमा सरोज यादव नेतृत्वको सरकार अल्पमतमा परेपछि त्यसलाई जोगाउने ध्याउन्नमा जसपा अध्यक्ष उपेन्द्र यादव छन्।

तर बिहीबार जनमत पार्टीका अध्यक्ष सिके राउतले अब मधेसमा आफ्नो पार्टीको नेतृत्वमा एमाले, माओवादी, समाजवादीसहितको सरकार बन्ने लिखित समझदारी नै सार्वजनिक गरेका छन्।

एमालेका संसदीय दलका नेता सरोजकुमार यादव, जनमतका संसदीय दलका नेता महेशप्रसाद यादव र माओवादी केन्द्रका संसदीय दलका नेता भरत प्रसाद साहले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

राउतले सार्वजनिक गरेको समझदारी पत्रमा उल्लेख गरिएको छ, ‘मधेश प्रदेशमा निर्माण भएको नयाँ राजनैतिक परिस्थितिमा प्रदेशमा रहेको भ्रष्ट्राचार लगायत सबै प्रकारको बेथिति अन्त्य गर्दै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको लागि आज मिति २०८१।०२।१७ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले), जनमत पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र, लोकतान्त्रिक समादवादी पार्टी, नेपाल र नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) दलको सहभागितामा नयाँ संयुक्त मधेश प्रदेश सरकार जनमत पार्टीको नेतृत्वमा बनाउने निर्णय भएको छ।’

मधेस प्रदेशसभामा हाल १०६ सदस्य कायम रहेकोमा बहुमतका लागि ५४ सदस्यको समर्थनको आवश्यकता छ। राउतले सार्वजनिक गरेको लिखित समझदारीअनुसार पाँच दलका ६० जना सांसद हुन्छन्। जहाँ एमालेका २३, कांग्रेसका २२, जसपाका १६, जनमतका १३ जना सांसद छन्। त्यस्तै लोसपाका ९, माओवादीका ८, समाजवादीका ७ र ६ जना स्वतन्त्र सांसद छन्।

यो पनि पढ्नुहोस्

कांग्रेस सांसदले १५ दिनको पारिश्रमिक भूकम्पपीडितलाई दिने

निर्वाचन आयोग समन्वय उपसमितिमा सदस्यहरु मनोनित

१० घण्टा अगाडि
अध्यक्ष पदमा लड्न पोखरेलले उम्मेदवारी दर्ता गराए

अध्यक्ष पदमा लड्न पोखरेलले उम्मेदवारी दर्ता गराए

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुरकाे भरियाँपुखूबाट बाइक चाेरी

उर्मिलाको स्वर, शंकरको शब्द, संगीतमा ‘ख्रीष्टको प्रेममा’ रिलिज

चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव

“भक्तिको शक्तिलाई अस्विकार गरौ”

डुबेर  र आगलागीमा जलेर मृत्यु

पासवर्ड दुरुपयोग गरेको आरोपमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक