मङ्ल, जेष्ठ १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

‘यो व्यवस्था खारेज गर्न तेस्रो जनाआन्दोलन गर्नुपर्छ’

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
सङ्घीय सदनको बैठक बस्दै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । वर्तमान शासन व्यवस्थालाई फालेर राष्ट्रपतीय प्रणालीमा जानुपर्ने वक्ताहरुले जोड दिएका छन् । मंगलबार राजधानीको संवाद डबलीमा आम जनता पार्टीले ‘गणतन्त्र कस्को ? दलको कि जनताको’ बिषयक सर्बपक्षीय अन्तरक्रियामा बोल्ने वक्ताहरुले तेस्रो जनाआन्दोलन् गरेर भएपनि यो व्यवस्था बदल्नु पर्नेसमेत सुझाएका छन् ।
आम जनता पार्टीका अध्यक्ष प्रभू साहले ठूलो बलिदानीबाट प्राप्त गणतन्त्र मुट्ठीभरको स्वार्थमा सिमित भएकोले यसको विकल्प खोज्न जरुरी भएको बताएका छन् । अहिले देशमा वर्तमान व्यवस्था जनताको पक्षमा नरहेको बताउँदै भने,“आम जनता लाचार, तर दलका नेता र तिनका सिमित आसेपासेहरु मालामाल रहेको कहालि लाग्दो स्थितिलाई हामिले कहिलेसम्म सहने ।” वर्तमान लुटकारी चरित्रको दलाल दलतन्त्र र भगौडा पुँजीवादी व्यवस्थाको भण्डाफोर गर्नुपर्नेमा अध्यक्ष साहको जोड छ । “यो विकृत संसदिय व्यवस्थाको समुल नस्ट गर्दै आम जनताको सर्बोच्चतासहितको शासन–सत्ता ल्याउन तेस्रो जनआन्दोलनको अपिल गर्दछौं ।”
क्रान्तिकारी कम्युनिस्टा पार्टीका प्रवक्ता धमेन्द्र बास्तोलाले वर्तमान संसदिय व्यवस्था दलालहरुको कब्जामा रहेको जिकिर गर्दै, यसको निकासका लागि बिद्रोह गर्नुपर्ने धारणा राखे । बास्तोलाले अहिलेको खिचडि र स्वार्थ केन्द्रीत व्यवस्थामा रहेर देश बरबाद भन्दा केही नहुने दाबी गरे । “यसको परिधिमा रहेर प्रचण्ड,केपी, प्रभू साह वा स्वयम म आफै भएपनि केही हुनेवाला छैन ।” बास्तोलाले थपे ।

नेपाल बार एसोसियसनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले वर्तमान न्याय प्रणाली र देशको शासन प्रणाली जनमुखी नरेकोले यसमा व्यापक संशोधन र सुधार गर्नु पर्नेमा जोड दिए । अध्यक्ष घिमिरेले हरेक नेता तथा कार्यकर्ता दलभन्दा माथि उठेर देश र जनताको पक्षमा लाग्नुपर्नेसमेत सुझाए ।

प्रा.डा.सुरेन्द्र केसीले जनताले ठूलो त्याग तपस्या गरेर ल्याएको गणतन्त्रलाई दलहरुले निश्चित वर्गको लुटको स्वर्ग बनाउने आधार बनाएको आरोप लगाएका छन् । उनले भारतमा संविधान निर्माण गर्दा ६ करोड लागेको तर नेपालको संविधान बानाउन अरबौैं–अरब लाग्नु दुःखत भएको बताउँदै भने,“संविधान निर्माण गर्दाखेरी नै देश कंगाल बनाउने आधार खडा भइसकेको थियो ।” एक अर्को प्रशंगमा डा.केसीले वर्तमान विज्ञान र प्रविधिको विकासले हरेकको हातहातमा मोबाईल भपछि ठूला कर्पोरेट मिडिया आवश्यक नरहेकोसमेत बताउँदै भने,“ठूला भनिएका मिडियामा जनताको विश्वास उडेपछि किन चाहियो कान्तिपुर जस्ता मिडिया ।”
नगरिक अगुवा सन्दरमणी दिक्षीतले जन आन्दोलनमार्फत राजा फालेर ल्याइएको गण्तन्त्रमा पनि अनगिन्ति छोटे राजाहरुले देशलाई असफल बनाउन लागेको आरोप लगाए । संसदिय व्यवस्थामा संसद मन्दिर तुल्य भए पनि अहिले त्यसलाई माजाक बनाईरहेकोप्रति रोष प्रकट गर्दै दिक्षीतले भने,“अहिले सत्ता र प्रतिपक्ष कोही पनि जिम्मेवार देखिएनन्, त्यसैले बिद्रोह गरेर भएपनि यो व्यवस्था खारेज गरेर राष्ट्रपतीय प्रणालीमा जानुपर्छ ।”
लोकतन्त्रको सुन्दर पक्ष प्रेस स्वतन्त्रता भए पनि कैलाश सिरोहियालाई गिरफ्तार गरेर वर्तमान सरकारले शाही सत्तको झल्को दिएको आरोपसमेत लगाए । उनले देशको प्रमुख दुुष्मन भ्रष्टाचार भएको र संविधान संशोधन गरेर भ्रष्टाचारीलाई मृत्युदण्डको व्यवस्था गर्नु पर्ने पनि बताए ।

आमजनता पार्टीका वरिष्ठ उपाध्यक्ष तिलक थापा मगारले वर्तमान शासन व्यवस्थाले देशलाई दिनप्रति दिन कम्जोर बनाउँदै लगेको जिकिर गर्दै तेस्रो जनाआन्दोलनको तयारी गर्नुपर्नेमा जोड दिए ।
किरात स्वायत्त प्रदेश संघर्ष समिति संयोजक नगेन्द्र राईले जनयुद्ध र जनाआन्दोलनबाट पहिचानको मुद्धालाई स्थापित गरेपनि पछिल्लो समयमा त्यसको विरुद्धमा मुख्य दलहरु लागेको आरोप लगाए ।

आम जनतापार्टी उपत्यका विशेष कमिटी अध्यक्ष देवी पण्डितले सभाअध्यक्षता गरेको कार्यक्रमलाई पार्टी प्रवक्ता चन्द्रभूषण साहले सञ्चालन गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिनिधि सभा बैठक अवरोध

प्रतिनिधि सभा बैठक अवरोध

५ घण्टा अगाडि
देउवा दम्पती पक्राउ नगर्न अन्तरिम आदेश

देउवा दम्पती पक्राउ नगर्न अन्तरिम आदेश

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मेडिकल व्यवसायी दुर्गा प्रसाई रिहा

३० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य पूरा हुन कठिन

संविधान संशोधन प्रक्रियामा प्रदेश संरचनाको पुनरावलोकन माग

प्रतिनिधि सभा बैठक अवरोध

साफ महिला च्याम्पियनसिपको लागि पूर्ण समर्थन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक