काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले धेरै पुराना आयोजना अलपत्र हुने किसिमले बजेट आएको जनाएका छन्।
मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले विनियोजनको कुरा गर्दा प्राथमिकताको कुरा नछुट्याइएको बताए। उनले अत्यावश्यक ठाउँमा, अत्यावश्यक पूर्वाधारमा खर्च गर्ने र गैरप्राथमिकताका पूर्वाधार क्षेत्रमा ड्रप गर्ने कुराहरु नरहेको जनाए।
उनले आफ्ना समर्थकहरुको ठाउँमा बजेट यथेष्ठ विजियोजन भएको बताए। उनले अर्थमन्त्रीको कार्यशैलीबाट नेपालमा उत्पादन बढ्ने, लगानी आउने परिवेश नरहेको जनाए।
उनले भने, ‘अत्यावश्यक ठाउँमा, अत्यावश्यक पूर्वाधारमा खर्च गर्ने र गैरप्राथमिकताका पूर्वाधार क्षेत्रमा ड्रप गर्ने, यी कुनै पनि कुरा गर्नुभएको छैन। सायद उहाँहरुले आफ्ना समर्थकहरुको ठाउँमा बजेट यथेष्ठ विजियोजन गर्नुभएको छ। धेरै पुराना आयोजना अलपत्र हुनेवाला छन्। अर्थमन्त्रीको कार्यशैलीबाट यहाँ उत्पादन बढ्ने, लगानी आउने परिवेश देखिरहेको छैन। बजेटमा धेरै विषयवस्तु छुने कोशिस गरिएको छ तर निश्चित रुपमा त्यसबाट परिणाम आउने देख्दिन।’