दाङ / वडा प्रहरी कार्यालय लमहीले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ।
सोमबार बिहान लमही नगरपालिका–५ लमहीबाट १६० मिलिग्राम खैरो हिरोइनको धुलो, सेवन गर्न प्रयोग गर्ने औजार र नगद २८ हजार सात सय ७० रुपैयाँसहित चार जनालाई नियन्त्रणमा लिइएको वडा प्रहरी कार्याल लमहीका प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए।
लमही–५ लमही बजारस्थित दिपेश डाँगीको घरमा खान तलासी गर्दा सो परिमाणको लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरुमा लमही बजार बस्ने २८ वर्षका रोमन बुढा मगर, सोही ठाउँ निवासी १९ वर्षका विशाल विक, १९ वर्षका दिपेश डाँगी र गढवा गाउँपालिका–८ घर भई हाल लमही बस्दै आएका २१ वर्षका मोहम्मद आमिर रंग्रेज छन्। उनीहरुमाथि जिल्ला अदालतबाट सात दिनको म्यात थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।