काठमाडौं । नेपाली कथानक चलचित्र ‘पुजार सार्की’ जापानका दर्शकलाई देखाउन नायक पल शाह अहिले जापान भ्रमणमा छन् । नाकानो जेरो हलमा आइतबार उनले दर्शकसँगै बसेर चलचित्र हेरेका थिए ।
नेपालमा मात्रै नभएरले यस चलचित्रले जापानमा समेत दर्शककाे राम्रो साथ पाइरहेको छ । जापानमा प्रदर्शनको अधिकार पाएको ‘लाइफ अफ फ्रेन्ड गुप्र’का अनुसार आइतबारको शो करिब १५ सय दर्शकहरूले हेरेका थिए । जुन नेपाली चलचित्रका लागि ऐतिहासिक घटना भएको वितरको दाबी छ ।
‘लाइफ अफ फ्रेन्ड गुप्र’ खिमराज शाह भन्छन्, ‘जापानमा यति धेरै दर्शकले एउटा शो हरेको यो ऐतिहासिक घटना हो । हलको सिट क्षमता १२ सय जनाको हो, तर १५ भन्दा धेरै दर्शक भएपछि उभिएर र भुईँमै बसेर फिल्म हेरे।’ व्यवस्थापनले राख्न नमान्दा पनि दर्शकहरू हलबाट निस्किन नमानेको बाध्य भएर शो सञ्चालन गरिएको उनको भनाइ छ।
शाहका अनुसार जापानमा अन्य चार वटा शोहरू तय भइसकेका छन् । यसअघि सोही हलमा चलचित्र ‘कबड्डी-४‘को एक शो करिब १२ सय दर्शकले हेरेका थिए । जुन रेकर्ड ‘पुजार सार्की’ले तोडेको वितरकले दाबी गरेका हुन्।
दिनेश राउतले निर्देशन गरेको यो चलचित्रमा पलसहित आर्यन सिग्देल, प्रदीप खड्का, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको प्रमुख अभिनय रहेको छ। फिल्म विकास सुबेदीले लेखेका हुन् । किङ्गडम नेटवर्कको ब्यानरमा सुबास भुसालले निर्माण गरेको ‘पुजार सार्की’को अन्तर्राष्ट्रिय वितरक एमएसएम इन्टरटेनमेन्ट हो ।