काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट संसद्मा पढ्दै ५ उद्देश्य प्रस्तुत गरेका छन्।
मन्त्री पुनका अनुसार उत्पादन, उत्पादकत्व र रोजगारी बढाउनु बजेटको पहिलो उद्देश्य हो भने निजी क्षेत्रको मनोबल बढाउँदै लगानी वृद्धि गर्नु अर्को उद्देश्य हो।
त्यस्तै मानव संशाधनको विकास गर्नु, स्रोत र साधनलाई सन्तुलित र समन्यायिक ढंगले परिचालन गरेर गरिबी न्यूनीकरण गर्नु तथा सार्वजनिक सेवाप्रवाहलाई प्रभावकारी बनाउनुजस्ता उद्देश्य पनि बजेटले राखेको छ।