काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले ३० करोड रुपैयाँ बराबरको ऋणपत्र ‘९% आईसीएफसी फाइनान्स डिबेञ्चर—२०८८’ निष्कासन गर्ने भएको छ ।
ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बिच दुई पक्षले समझदारी गरेका हुन् ।
उक्त सम्झौता पत्रमा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरे ।