काठमाडौं । यातायातमन्त्री रघुवीर महासेठले काठमाडौं न्युरोडमा महानगरले कानुनविपरीत तोडफोड गरेको आरोप लगाएका छन् ।
शनिबार काठमाडौं महानगरले सडक विभागअन्तर्गतको सडक डिभिजन कार्यालयको गेटमा फोहोर फालेको थियो । फोहोर फाल्दै मेयर बालेन शाहले महासेठको नाम लिँदै ठाडो आदेशमा काम रोकिदिएकाले ‘धुलो उपहार पठाएको’ बताएका थिए । मेयर शाहले चत्रपथ विस्तारको काम नहुँदा सर्वसाधारण जनताले धुलो खानु परेको सामाजिक सञ्जालमा उल्लेख गरेका थिए ।
त्यसको प्रतिक्रिया दिँदै मन्त्री महासेठले भने, ‘कलंकी देखि महाराजगजको कुरा व्यक्तिगत रुपमा सल्लाहका रुपमा लिएको छु । त्यसमा मेरो कुनै आपत्ती छैन ।
सुझावका रुपमा लिएको छु । तर, न्युरोडमा जुन क्रियाकलाव छ, तयो काननुसम्मत छैन । यत्ति हो मेरो कुरा ।’ शनिबार काठमाडौं महानगरले सडक विभागअन्तर्गतको सडक डिभिजन कार्यालयको गेटमा महमानगरले फोहोर फालिदिएपछि दुवै पक्ष वादप्रतिवादमा उत्रिएका छन् ।
डिभिजन कार्यालयले शनिबार राति नै विज्ञप्ति जारी गर्दै अनुमतिबिना न्युरोडको स्टान्टर्ड मापदण्ड घटाउने काम भइरहेको हुँदा आफूहरुले रोकेको तर, महानगरले विषयान्तर गरेर चक्रपथको विषय जोडेको स्पष्टीकरण दिएको थियो ।