शुक्र, अशोज २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

महिलाको सफलतामा समाजको कुदृष्टि किन हुन्छ ?

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
न्यायालयलाई निकम्मा बनाएर दलका नेताहरुलाई केही लाभ होला ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–प्रीति रमण
केही दिनअघि प्रदर्शित भएको ।।।बोक्सीको घर’ चलचित्रले व्यावसायिक सफलता हासिल ग¥यो । समीक्षकहरुले यसको विषयवस्तु तथा कलाकारको पनि निकै प्रशंसा गरे । धेरै समयपछि महिलाको विषयवस्तुमा आधारित फिल्मले यस्तो सफलता हासिल गरेको हो । हाम्रो समाजमा महिलाहरु बोक्सीको रुपमा लाञ्छित, अपहेलित हुनुको साथै पीडित पनि बनाइएको विषयवस्तुलाई यो चलचित्रले बडो मिहीन ढंगले उठाएको छ । महिलाप्रति हाम्रो समाजको दृष्टिकोणलाई यसले छर्लंग पारिदिएको छ । कसरी महिला समाजमा नै पीडित बन्नुपर्दा पछौटेपनको शिकार भइरहेका छन् भन्ने बुुझ्न पनि यो चलचित्रले मद्दत गर्छ । तर, यो चलचित्र निर्माण गरेर, त्यसमा सशक्त अभिनय गरेर सफल भएकी र समाजलाई आफ्नो ऐना देखाएकी कलाकार तथा निर्मात्री केकी अधिकारीको केही शब्दले भने अझै महिला वर्गलाई झस्काउँछ ।
पहिलो त महिला कलाकार आफैंमा सक्षम छन्, स्टार पुरुष कलाकारको सहायताविना पनि सफल हुन सक्छन् भन्ने कुरा केकीले यो चलचित्रमार्फत गरेकी छन् । उनी सहरी परिवेशमा हुर्किएकी, राम्रो शिक्षा पाएकी, सुसंस्कृत र शिक्षित परिवारकी आधुनिक युवती हुन् । तर, अहिले पाएको सफलताको विषयमा उनको क्षमतामाथि विभिन्न पक्षबाट प्रश्न र आशंका आउनु भएको निन्दनीय र खेदजनक छ । यसले हाम्रो समाजको सोचमा खासै परिवर्तन हुन नसकेको पनि स्पष्ट पार्छ । उनकै शब्दमा भन्नुपर्दा ।।।कुनै पनि महिला अलि शक्तिशाली, बोल्न सक्ने, आफ्नो हक दाबी गर्न सक्ने भयो भने उसलाई एउटा न एउटा लाञ्छना, आरोप वा लेबल लगाएर कमजोर बनाउने पहिलेको परम्परा अर्को रूपमा अझै चलिरहेको जस्तो लाग्छ । कतिपय कुरा लेबल लगाइसकेपछि यस्ता हुन्छन्, जसलाई कुनै तर्कले जित्न सक्दैन । बोक्सी आरोप त्यस्तै हो नि ! ‘यो बोक्सी हो’ भनिदिएपछि मान्छेले तर्क र तथ्य नहेरीकन स्वीकार गर्ने गरेको देखिन्छ ।’
उनले भनेजस्तै अहिले पनि सर्वप्रथम महिलाको क्षमतामाथि प्रश्न उठाउने गरिन्छ । महिला भएकै कारण काम गर्न सक्ला त ? भन्ने प्रश्न गरिन्छ । यदि आफ्नै बलबुतामा कथम्कदाचित् महिलाले सफलता हासिल गरेमा पहिला त स्वीकारिँदैन या सहानभूति देखाउने गरिन्छ । यो अवस्था गाउँ वा सहर दुवैतिर उस्तै छ । त्यसको स्वरुपमा भने फरक होला । केकीकै शब्दमा भन्नुपर्दा ।।।आधुनिक शहरी समाजमा पनि यसले अर्को रूप लिएको छ । त्यो कस्तो भने कुनै महिलाले एकदमै छिटो प्रगति गरेको छ भने, ऊसँग आँखा जुधाएर कुरा गर्दा उसको इनर्जीले गर्दा भाइब्रेसन महसुस भयो भने त्यस्ता महिलालाई ।।।यो त क्या बोक्सी छ’ भनिदिने गरेको पाइन्छ । ।।।कम्पनीमा आउने बित्तिकै दुई–तीन महिनामा यसको प्रोगेस हेर त, दिस इज नट न्याचुरल’ भनिदिने । कसैको इनर्जी त्यस्तो हुन्छ, कोही एकदमै ट्यालेन्टेड हुन्छ, बौद्धिक र तार्किक हुन्छ । त्यसको कदर नगर्ने, उल्टै ।।।त्यसले त जादु गर्छे’, ।।।त्यो त बोक्सी छ’, ।।। त्यसको अगाडि बोल्नै सकिंदैन’ भन्ने गरेको पाइन्छ ।
महिलालाई अघि बढ्न विशेषगरी पितृसत्तात्मक सोच प्रमुख बाधाको रुपमा छ । यस्तो सोच महिला र पुरुषमा दुवै हुन सक्छ । महिलामा हुनुको कारण भने अशिक्षा र सचेतताको कारण हुन सक्छ । तर, त्यो अत्यन्त न्यून मात्रामा छ । अन्तिममा महिलाले महिलाको नै पक्ष लिएका उदाहरण छन् । तर, पुरुषमा भने त्यस्तो कमै मात्रामा देखिन्छन् । त्यसैले सर्वप्रथम पुरुषहरुले आफ्नो सोचलाई बदल्नुपर्ने देखिन्छ । तर, सबै पुरुष उस्तै हुन्छन् भन्न खोजिएको पनि होइन । हाम्रो समाजमा दुई किसिमका पुरुष छन् । एउटा महिलाहरूले उन्नति, प्रगति गर्नुपर्छ भनेर साँच्चिकै मान्ने । त्यसमा सकेको सहयोग पनि गर्ने । महिलाहरू पछाडि परेका छन्, उनीहरूलाई अगाडि ल्याउनुपर्छ भनेर सोच्ने पुरुषहरू छन् ।
दोस्रोचाहिं ।।।तिमी महिला भएका कारण यतिभन्दा अघि बढ्न सक्दिनौ है’ भनेर पारिदिइरहने खालका छन् । महिलालाई ।।।तिमी जति नरम, हस्, हजुर भन्ने हुन्छ्यौ त्यति सफल हुन्छ्यौ’ भनेर सिकाइएको हुन्छ । केकी भन्छिन्, ।।।महिला भनेकै ‘प्लिजिब’ हुनुपर्छ भनेर सिकाइयो, हामी पनि त्यही माइन्डसेटबाट हुर्किएका हौं । हामीलाई पनि एकदमै मिठो बोल्नुपर्छ, नत्र काम पाइँदैन जस्तो हुन्छ । खासमा चाहिं हामीसँगै मिलेर यस्तो समाज बनाउनुपर्छ जहाँ महिलाहरूलाई तिम्रो क्षमता र प्रतिभाले काम पाउने हो, ।।।प्लिजिब’ भइराख्नु पर्दैन, तिम्रो जस्तो स्वभाव छ त्यस्तै बन भनेर सिकाइयोस् । प्लिजिब’ हुनु महिलाको ‘स्किल’ होइन । किनभने, एकदमै अराजक, जे मनमा लाग्यो त्यही भनिहाल्ने स्वभावको पुरुषलाई त यो समाजले ।।।कस्तो स्पष्ट वक्ता’ भनेर स्वीकार गर्छ ! महिलाको पनि त सबैखाले स्वभाव हुन्छ नि ! त्यसलाई पनि बुझ्ने समाज आवश्यक छ ।’
के यो समाज महिलाको सफलतालाई स्वीकार्न सक्छ ? महिलालाई निर्बाध अघि बढ्न सहयोग गर्न सक्छ ? महिलामाथि अनावश्यक लाञ्छना र चरित्रहत्या हुने भाषा प्रयोग गर्दैन ? यी प्रश्नको जवाफ सकारात्मक रुपमा आउन सके मात्र समाज महिलाको स्थान पुरुष बराबर भएको मानिन्छ । महिलाको सम्मान नै सभ्य समाजको परिचायक होइन र ?

यो पनि पढ्नुहोस्

राष्ट्रसंघको महासभामा जान लागेका प्रधानमन्त्री बालेनलाई सुझाव

३ हप्ता अगाडि
चिकित्सकले कुटाइ खाइरहने र बिरामीले सास्ती पाइरहने कहिलेसम्म ?

बलात्कार घटना र सजायमा हामी कहिले संवेदनशील बन्ने ?

१ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एआईजी वंशीराज दाहालमाथि कारबाही

तेस्रो संस्करणको एनपीएलको तयारीमा जुट्याे

कांग्रेसमा नयाँ नेतृत्व चयन गर्न मतदान शुरू

भू–माफिया ठण्डिराज र केदारनाथ उपाध्यायले यसरी कुम्ल्याए २८ करोडको सरकारी जग्गा

डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न अपिल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक