सोम, मंसिर १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

बीआरआई कार्यान्वयन योजना दस्तावेजमा छिट्टै हस्ताक्षर हुँदैछ : उपप्रधानमन्त्री श्रेष्ठ

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
रुसी सेनामा कार्यरत नेपालीहरुलाई फिर्ता ल्याउने अझै जटिल : उपप्रधानमन्त्री श्रेष्ठ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) लाई अघि बढाउनको लागि आवश्यक बीआरआई कार्यान्वयन योजना दस्तावेजमा नेपाल र चीनले छिट्टै हस्ताक्षर गर्ने भएका छन् । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले दुई मुलुकले अनुकूल समय मिलाएर बीआरआई कार्यान्वयन सम्झौतामा हस्ताक्षर गर्ने बताएका हुन् ।

नेपाल–चीन मैत्री मन्चले आइतबार आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘बीआरआई कार्यान्वयन योजना दस्तावेजको विषयवस्तु अन्तिम चरणमा पुगेको थाहा पाउँदा मलाई खुसी लागेको छ । नेपाल आपसी सहज समयमा हस्ताक्षर गर्न तयार छ । यो योजनाको कार्यान्वयनले काममा नतिजा ल्याउनेमा म विश्वस्त छु ।’

नेपाल र चीन बीचमा सन् २०१७ को १२ मेमा बीआरआईको अवधारण अन्तरगत द्विपक्षीय सहयोगका लागि समझदारी पत्रमा (एमओयू) मा हस्ताक्षर भएको थियो । हस्ताक्षर गरेको ७ वर्ष भइसक्दा पनि हालसम्म नेपालले बीआरआई अन्तर्गत कुनै पनि परियोजना ल्याएको छैन ।

उपप्रधान श्रेष्ठको चैत ११ देखि १९ सम्म चीन भ्रमणको दौरान बीआरआई कार्यान्वयन योजनाको बारेमा हस्ताक्षर गर्ने भनिए पनि छलफलमै सीमित भएको थियो । सन् २०१९ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बीआरआई परियोजनाअन्तर्गत नेपालले ३५ वटा परियोजनाको सूची पठाएको थियो । पछि चीनकै अनुरोधमा तिनलाई ९ मा सीमित गरिएको थियो । तर कार्यान्वयन योजनामा हस्ताक्षर हुन नसक्दा नेपालमा बीआरआई अघि बढ्न सकेको छैन ।

राष्ट्रपति सी चिनफिङ शक्तिमा आएपछि सन् २०१३ बाट चीनले वान बेल्ट वान रोड (ओबीओआर) अवधारणा अघि सारेको थियो । चिनियाँ लगानीमा विश्वलाई जमिन र समुद्री मार्गमार्फत जोड्ने गरी अघि सारिएको उक्त परियोजनालाई सन् २०१५ बाट बीआरआई नाम दिइएको थियो । त्यसपछि सडक सञ्जालका साथै पूर्वाधारहरूका अन्य क्षेत्रलाई पनि समेटिएको छ ।

यी परियोजनामा केरुङ–काठमाडौं रेलको सम्भाव्यता अध्ययन, रसुवागढी–काठमाडौं सडक स्तरोन्नति, किमाथांका–लिने सडक निर्माण, दिपायलबाट चिनियाा नाकासम्मको सडक, टोखा–विदुर सडक, गल्छी–रसुवागढी–केरुङ ४०० केभी ट्रान्समिसन लाइन, तमोर जलविद्युत् परियोजना (७५६ मेगावाट), फुकोट कर्णाली हाइड्रो परियोजना (४८० मेगावाट) र मदन भण्डारी विश्वविद्यालय थिए ।

तर ती परियोजनाहरु मध्ये कति अरु निकायबाटै अघि बढिसकेका छन् भने कति रोकिएर बसेका छन् । उदाहरणको लागि फुकोट कर्णाली भारतीय कम्पनीले बनाउने गरी सम्झौता भइसकेको छ । त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणमा गल्छी–रसुवागढी–केरुङ ४०० केभी ट्रान्समिसन लाइनलाई परिमार्जन गरेर २२० केभीमा झार्दै द्विपक्षीय रूपमा अघि बढाइने गृहकार्य भइरहेको छ ।

चिनियाँ पक्षले परियोजना अघि बढाउन आग्रह गर्दै आए पनि ऋण लिन नेपाल अनिच्छुक छ । त्यसैले चिनियाँ पक्षले आग्रह गरिरहे पनि नेपाली पक्षले छलफलकै क्रममा राखेको छ ।

प्रधानमन्त्री दाहालले गत असोज पहिलो साता चीन भ्रमण गर्दा बीआरआई कार्यान्वयन योजना सम्झौतालाई अन्तिम टुंगो दिने छलफल भएको थियो । तर त्यसपछि दुवै देशका योजना आयोगहरुलाई थप गृहकार्य गरेर ल्याएनको लागि आग्रह गरिएको थियो । दाहालको भ्रमणको दौरान जारी भएको संयुक्त विज्ञप्तीमा बीआरआई कार्यान्वयन योजनाको लागि दस्तावेजमा उल्लेख गर्ने विषयवस्तुलाई अन्तिम रुप दिन भनिएको थियो ।

यो पनि पढ्नुहोस्

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

८ घण्टा अगाडि
भ्रष्टाचारविरोधी नागरिकहरुको पहलमा २५ लाख बराबरको पत्रकारिता पुरस्कार स्थापना

अर्थमन्त्री वाग्ले स्वदेश फर्किए

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

व्यवसायी महेश श्रेष्ठ कीर्तिपुरबाट पक्राउ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाका २० नेता आज चीन प्रस्थान

हिन्दु धर्मगुरुहरूले ‘पाँच पाण्डव’ हेरेपछि भने– हेर्नै पर्ने उत्कृष्ट सिनेमा

सुनको भाउ घट्याे

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक