सोम, मंसिर १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

‘महिला, शान्ति र सुरक्षा’ विषयक कार्यशाला सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
‘महिला, शान्ति र सुरक्षा’ विषयक कार्यशाला सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं, ३ जेठ नेपाल प्रहरीको समन्वय र सहकार्य तथा International Police Peacekeeping Operations Support Programs (IPPOS) र United Nations Institute for Training and Research (UNITAR) को आयोजनामा संचालित महिला, शान्ति र सुरक्षा (Women, peace and Security-WPS) विषयक कार्यशाला सम्पन्न भएको छ ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यतामा बिहीबार आयोजित कार्यक्रमबीच उक्त कार्यशाला सम्पन्न भएको हो । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले कार्यशालामा सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले संयुक्त राष्ट्र संघ शान्ति मिसनमा नेपाल प्रहरीको सहभागिता बारे चर्चा गर्दै आगामी दिनमा शान्ति स्थापना क्षेत्रहरूमा क्षमता अभिवृद्धिको लागि थप सहयोग, समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यशालामा प्रभावकारी शान्ति स्थापनामा महिलाको समान सहभागिताको लागि आवश्यक मूल्याङ्कन र अन्तरविश्‍लेषणमा समेत छलफल एवम् अन्तरक्रिया भएको उहाँले उल्लेख गर्नुभयो । United States Department of State, International Narcotics and law Enforcement Affairs, Regional Chief Marcy Brown ले कार्यशालाको उद्देश्य र महत्वबारे आफ्नो धारणा व्यक्त गर्नुभएको उक्त कार्यक्रममा UNITAR का Masa Dikanovic ले कार्यशाला सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । वैशाख ३१ गतेदेखि संचालित उक्त कार्यशालामा नेपाल प्रहरीबाट ७ जना, सशस्त्र प्रहरी बल नेपालबाट २ जनाको साथै अष्ट्रेलिया, बंगालादेश, भुटान, ब्राजिल, बुर्किना फासो, चीन, फिजी, गाम्बिया, जर्मनी, इन्डोनेशिया, नेदरल्याण्ड, नाइजर, रूवान्डा, सेनेगल, सामोआ, तान्जेनिया, युएई लगायतका विभिन्न राष्ट्रका प्रहरी अधिकृतहरूको साथै UN Women, UN Light Coordination Mechanism (LCM) का प्रतिनिधि समेत गरी जम्मा ३१ जनाको सहभागिता रहेको थियो ।

सुन जस्तो देखिने पहेलो धातु देखाई ठगी गर्ने व्यक्ति पक्राउ झापा, ३ जेठ सुन जस्तो देखिने पहेलो धातु देखाई ठगी गरेको अभियोगमा मोरङ उर्लाबारी नगरपालिका-५ क्षेत्री वाहुन टोल बस्ने ३० वर्षीय सन्जित शर्मालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । दमक नगरपालिका हाट बजारको क्षेत्रमा जेष्ठ नागरिक र महिलाहरूलाई सुन जस्तो देखिने पहेलो धातुको टिल देखाई नगद तथा महिलाहरूले लगाएका सुनका गरगहनाहरूसँग सट्टापटा गरी ठगी गर्ने गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीले शर्मालाई दमक नगरपालिका-६ पशुहाटबाट ५६ ग्राम ३ सय १० मिलिग्राम तौल भएको सुन जस्तो देखिने धातुसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीहरू पक्राउ काठमाडौं, ३ जेठ जबरजस्ती करणी मुद्दामा संलग्न रही फरार रहेका २ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा महोत्तरी पिपरा गाउँपालिका-५ घर भई काठमाडौं कलंकी बस्ने २० वर्षीय सौरभ झा र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-९ घर भई काठमाडौं बाफल बस्ने २२ वर्षीय साजन अधिकारी रहेका छन् । काठमाडौं कलंकीस्थित लोमस गेष्ट हाउसमा २०८० भदौ २९ गते पीडितलाई पटक पटक जबरजस्ती करणी गरी फरार रहेका उनीहरूमध्ये सौरभलाई काठमाडौं बाफल र साजनलाई काठमाडौं ठमेलबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धानको लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ । अवैध लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ झापा, ३ जेठ भद्रपुर नगरपालिका-३ मेचीपारी डल्लो बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका-७ पराखोपी बस्ने ३३ वर्षीय आशिष भट्टराई र बिर्तामोड नगरपालिका-३ बिर्ताबजार बस्ने २७ वर्षीय रोहन राजबंशी रहेका छन् । प्रहरी चौकी मेचीपारीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.११ प ५९८ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । सवारी दुर्घटनामा दुई जनाको मृत्यु काठमाडौं, ३ जेठ रूपन्देही, तिलोत्तमा नगरपालिका-१७ भरौलियास्थित सडकमा लु.३३ प ४९३९ नम्बरको मोटरसाइकलबाट लडेर सियारी गाउँपालिका-१ चिलिया बस्ने ६२ वर्षीया सरस्वती थारूको बिहीबार बिहान मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएकी उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । झापा, हल्दीबारी गाउँपालिका-२ पाराखोपीस्थित सडकमा मे.१ त ५२३२ नम्बरको ट्याक्टरले किचेर ट्याक्टरमा सवार हाल नाम, थर, वतन नखुलेका करिब ३२ वर्षीय पुरूषको बिहीबार दिउँसो घटनास्थालमै मृत्यु मृत्यु भएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस्

कृष्णनगरमा मनाइयो धूमधामका साथ सांस्कृतिक एकताको पर्व छठ

कृष्णनगरमा मनाइयो धूमधामका साथ सांस्कृतिक एकताको पर्व छठ

५ घण्टा अगाडि
पहुँचविहीन नागरिकहरूका बलियो भरोसाको केन्द्रका रुपमा धमला स्थापित

पहुँचविहीन नागरिकहरूका बलियो भरोसाको केन्द्रका रुपमा धमला स्थापित

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

व्यवसायी महेश श्रेष्ठ कीर्तिपुरबाट पक्राउ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाका २० नेता आज चीन प्रस्थान

हिन्दु धर्मगुरुहरूले ‘पाँच पाण्डव’ हेरेपछि भने– हेर्नै पर्ने उत्कृष्ट सिनेमा

सुनको भाउ घट्याे

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक