काठमाण्डौ / नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम र आम जनता पार्टीका अध्यक्ष प्रभु शाहबीच आच भेटवार्ता भएको छ । गौतम निवास भैंसेपाटीमा भएको भेटमा वर्तमान राजनीतिक जटिलता र यसको निकासबारे छलफल भएको छ ।
दुबै पार्टीबीच सहकार्य गर्ने र एकता गर्नेसम्मका बिषयमा छलफल भएको छ । आज सम्पन्न पहिलो चरणको वार्तामा दुबै पार्टीका ४/४ जना नेताहरुको सहभागिता रहेको थियो । छलफललाई अगाडि बढाउँदै जाने सहमति भएको छ ।


