काठमाडौं । युनाइट नेपाल थ्रु चेस प्रतियोगिता भोलि शुक्रबारबाट शुरु हुनेछ । दुइ दिने उक्त प्रतियोगिताको तयारी पुरा भएको जानकारी आयोजक काठमाडौं जिल्ला चेस संघका अध्यक्ष केशव श्रेष्ठले दिनुभयो । नेपालका ७७ वटै जिल्लाका खेलाडीहरुको सहभागिता गराउने ध्येयका साथ आयोजना गरिएको प्रतियोगितामा यसपटक ५० जिल्लाका १७४ जना खेलाडीहरु प्रतिस्पर्धा गर्ने कुरा कार्यक्रम संयोजक तथा प्रायोजक डा. मोहन सिं प्रधानले बताउनु भयो ।
स्वीस लिग अनुसार ९ चरणको खेल ज्याठा, कान्तिपथस्थित अन्नपूर्ण मा.बि.मा संचालन हुनेछ । उत्कृष्ठ २६ जना खेलाडीहरुको लागि कुल १ लाख १५ हजार नगद पुरस्कार भएको प्रतियोगिताको विजेताले २० हजार, दोश्रोले १५ हजार र तेश्रोले १० हजार नगद पुरस्कार पाउने छन् ।


