काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहीबार सामान्य अंकको सुधार आएको छ । आज नेप्से ०.७९ अंकले बढेर दुई हजार १८ दशमलव ७६ विन्दुमा बन्द भएको हो ।
नेप्सेमा आज ४ अर्ब २३ करोड ३८ लाख १६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १०३ वटाको बढेको छ भने १३९ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र सिर्जनसिल लघुवित्त वित्तीय संस्था रहेका छन् ।
आज माण्डू हाइड्रोपावर लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ५।७६ प्रतिशतले घटेको छ । सबैभन्दा बढि सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ४३ करोड ९० लाख बराबरको कारोबार भएको छ ।