काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिचको छलफलमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि मिसिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा प्रचण्ड ओली छलफल भइरहँदा लामिछाने पनि पुगेका हुन् ।
नेपाली कांग्रेसले रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गरेर संसद् अवरोध गरिरहेका बेला सत्तारुढ तीन दलका शीर्ष नेता छलफलमा जुटेका हुन् ।
सिंहदरबार पुग्नुअघि एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले समिति गठन नगर्ने जनाएका थिए ।