मङ्ल, भदौ ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सरकारलाई नुनको सहज आपूर्तिको व्यवस्था मिलाउन निर्देशन

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
रुकुम पश्चिममा आयोडिन नुन प्रयोगकर्ताको सङ्ख्या बढ्दै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले दुर्गम क्षेत्रमा आयोडिनयुक्त नुनको सहज आपूर्तिको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा सोमबार बसेको समिति बैठकले मुलुकको सुगम स्थानमा आयोडिनयुक्त नुनको सहज आपूर्ति भए पनि दुर्गम क्षेत्रमा आपूर्ति सहज हुन नसकेको निष्कर्ष निकाल्दै दुर्गम क्षेत्रमा नुनको सहज आपूर्तिको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको हो ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट आपूर्ति हुने गरेको चिनी, रासायनिक मललगायत अत्यावश्यक सामग्रीको गुणस्तरीयता सुनिश्चित गर्दै सरल आपूर्तिको व्यवस्था मिलाउन वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।

साल्ट ट्रेडिङले विभिन्न शीर्षकमा पाउनुपर्ने भुक्तानीका लागि सहजीकरण गर्न अर्थ मन्त्रालयलाई समेत निर्देशन दिएको समिति सभापति अब्दुल खानले जानकारी दिए ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सडकको अवस्थाका कारण दुर्गम क्षेत्रमा सहज रूपमा सेवा प्रवाह र आपूर्ति गर्न कठिन भएकाले यसतर्फ विशेष ध्यान दिने जनाए ।

अत्यावश्यक वस्तुको अभाव हुन नदिने भन्दै उनले यसका लागि आवश्यक कार्य योजना बनाउन लागिएको उनले जनाए । उनले चाडपर्वमा चिनीको अभाव देखिने गरेकाले यस वर्ष छिटै आयात र उत्पादन वृद्धिलाई ध्यान दिइने जानकारी दिए ।

साल्ट ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले बिक्रीको अनुपातमा धेरै स्टक राख्नुपर्ने अवस्थामा संस्थालाई आर्थिक समस्या देखिएको र यसमा राष्ट्र बैंकले कर्जाका लागि सहजीकरण गर्नुपर्ने बताइन् । उनले आयोडिनयुक्त नुनको मूल्य समायोजन तथा ढुवानीका लागि बजेट सुनिश्चितता गर्नुपर्नेमा जोड दिइन् ।

बैठकमा समिति सदस्यहरूले दुर्गम क्षेत्रमा हुने नुनको अभाव हटाउन सरकारको ध्यानाकर्षण गराएका थिए । त्यस्तै उनीहरूले यसअघि बर्खायाममा रासायनिक मलको अभाव हुने गरेको भन्दै अहिले समयमा नै सहज आपूर्तिको तयारी गर्न समेत सुझाव दिएका छन् ।

यो पनि पढ्नुहोस्

आज विश्व प्राथमिक उपचार दिवस मनाइँदै

आज विश्व प्राथमिक उपचार दिवस मनाइँदै

३ दिन अगाडि
आजु टी क्लबको स्थापना दिवसको बृहत्त रक्तदान

आजु टी क्लबको स्थापना दिवसको बृहत्त रक्तदान

४ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मुग्लिन–नारायणगढ सडकखण्ड दुईपटक सवारी आवागमन रोकिने

पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन  : कांग्रेस सभापति थापा

पोखराको बसपार्क क्षेत्र स्थानान्तरण गर्ने तयारी

बाह्य शक्ति राष्ट्रको भूराजनीतिक खेलमैदान बन्न नहुने

बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्य

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक