काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफूहरु सांसद र मन्त्रीका लागि मात्रै नभई समाजवादका लागि ०८४ को चुनावमा जान लागेको जनाएका छन् ।
उनले ०८४ को चुनावलाई समाजवादी अभियानका रुपमा प्रयोग गर्न लागेको जनाए । लामो समयदेखि चुनाव बहिष्कार गर्दै आएको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलको वैशाख पहिलो हप्ता कपिलवस्तुमा बसेको पोलिटब्युरो बैठकबाट ०८४ को निर्वाचनमा भने भाग लिने निर्णय भएको थियो ।
महासचिव विप्लवले जनताहरुले आफूबाट धेरै आशा राखेकाले चुनावमा भाग लिने गरेको सुनाए । ‘चाहे नयाँ पार्टीलाई दिनुस् या अर्को पार्टीलाई दिनुस् आधारभूत रुपमा यो सत्ताको चरित्रलाई बदल्नुपर्छ र त्यो भनेको समाजवाद हो’, विप्लवले भनेका छन्, ‘तसर्थ समाजवादमा जाने अभियानको रुपमा चुनावलाई प्रयोग गर्ने हो ।’