काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले आर्थिक शिथिलता अन्त्य गर्ने खालको बजेट आवश्यक भएको जनाएका छन् ।
बिहीबार नेपाल आर्थिक पत्रकार समाज सेजनले अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा आयोजना गरेको प्रिबजेट छलफलमा उनले बजेटले अर्थतन्त्रमा देखिएको संकट सम्बोधन गर्नुपर्ने जनाएका हुन् ।
निजी क्षेत्रको मनोबल माथि नउठेसम्म सरकार पनि सफल हुन नसक्ने जनाउँदै उनले विगतमा लिइएका गलत नीति सच्याउन माग गरेका हुन् ।
पुराना कानुनका कारण व्यवसायी र निजी क्षेत्रलाई दु:ख दिन नहुने उनको भनाइ छ ।


