बिहि, अशोज १५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

लुम्बिनी प्रदेशले शान्ति सहर घोषणा गर्न नेपाल सरकारसँग माग

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
लुम्बिनी प्रदेशले शान्ति सहर घोषणा गर्न नेपाल सरकारसँग माग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

भैरहवा। भगवान् बुद्ध जन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न नेपाल सरकारसँग माग गरिएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन सङ्कायको आयोजनामा लुम्बिनीमा सम्पन्न अन्तर्राष्ट्रिय बौद्ध गोष्ठीमा सहभागीले बौद्ध ध्यान र साधनाको राजधानीका रूपमा शान्ति सहर घोषणा गर्न माग गरेका हुन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विद्वान्, अध्येता तथा अनुसन्धानकर्ताले बुद्ध जन्मस्थललाई शान्ति र बौद्ध दर्शनको उद्गम स्थलका रूपमा प्रवर्धन गर्नुपर्नेमा जोड दिएका छन् । ‘विश्वव्यापी चुनौतीको समाधान सन्दर्भमा बौद्ध शिक्षाको सान्दर्भिकता’ विषयक गोष्ठीमा सहभागीले राजनीतिक व्यवस्थाको परिवर्तन तथा सम्पूर्ण द्वन्द्वका विषय समाधान भइसकेकाले बुद्ध जन्मस्थल नेपाललाई शान्ति देश घोषणा गर्न आग्रह गरेका हुन् । बौद्ध शिक्षालाई विद्यालय तहदेखिको शैक्षिक पाठ्यक्रममा समावेश गर्दै बौद्ध दर्शनको अध्ययन, अनुसन्धानलाई विशेष प्राथमिकतामा राख्नका लागि सम्बन्धित निकायलाई विशेष अनुरोध गरेका छन् ।

वातावरणीय असन्तुलन, आर्थिक सङ्कट, आपसी द्वन्द्व र अपराध तथा मानसिक प्रतिकूलता जस्ता विश्वव्यापी समस्याको समाधान तथा न्यूनीकरणका लागि शील, समाधि र प्रज्ञायुक्त समाज निर्माण गर्नुपर्ने कुरा गोष्ठीपछि सार्वजनिक गरिएको लुम्बिनी घोषणापत्रमा उल्लेख छ ।

बौद्ध शिक्षाको विश्वव्यापीकरण आवश्यक देखिएकाले बौद्ध शिक्षाको अध्ययन, अनुसन्धानमा जोड दिन सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरिएको छ । गोष्ठीमा बौद्ध दर्शन र योगका विषयमा धारणा राख्दै योग गुरुहरूले बढ्दो सामाजिक समस्याको समाधान योग भएको जनाएका हुन् ।

आचार्य बालकृष्ण र डा. विकासानन्दले मानव जातिले दुःखबाट मुक्ति पाउने एक मात्र उपाय ध्यान र साधना भएको जनाउँदै जीवनका हरेक समस्याबाट पार पाउन योग गर्न सबैलाई आग्रह गर्नुभयो ।

गोष्ठीमा योगगुरूहरू डा. भोलानाथ योगी, डा. चिन्तामणि योगी, भानु शर्मा, प्राडा विशाल सिटौला र डा. क्षितिज बराकोटीले सबै धर्म, परम्परा र योगको भूमि नेपाल भएकाले यसलाई हरेक व्यक्तिको जीवनपद्धतिसँग जोड्ने गरी प्रचारप्रसार गर्न आवश्यक रहेको जनाउनुभयो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राडा सुवर्णलाल वज्राचार्यले बौद्ध दर्शन र योगलाई जोडेर नयाँ पाठ्यक्रम बनाई कार्यान्वयन गर्ने तयारी गरेको जानकारी दिनुभयो । बौद्ध अध्ययन सङ्कायका डिन डा. माणिकरत्न शाक्यले बौद्ध दर्शन र विपश्यनाका माध्यमबाट आपसी द्वन्द्व र समस्या समाधान गर्न सकिने भएकाले विश्वविद्यालयले पनि यसलाई छुट्टै विषयका रूपमा अध्ययन अध्यापनको तयारी थालेको जनाउनुभयो ।

सो गोष्ठीमा नेपाल, थाइल्यान्ड, फ्रान्स, स्टोनिया, म्यानमार, जापान, बङ्गलादेश, भारत, ताइवान, श्रीलङ्का, पोर्चुगल, नर्वेलगायत विभिन्न देशका बौद्ध भिक्षु तथा विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

१५औँ महाधिवेशनको प्रक्रिया सुरु

१५औँ महाधिवेशनको प्रक्रिया सुरु

३ घण्टा अगाडि
‘नेपाल–इन्डिया मिडिया एसोसिएसन’को एक महत्त्वपूर्ण बैठक सम्पन्न

‘नेपाल–इन्डिया मिडिया एसोसिएसन’को एक महत्त्वपूर्ण बैठक सम्पन्न

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आत्मनिर्भर अर्थतन्त्रका लागि बन्द उद्योगलाई ब्युँताऔं

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

यही हो त पुरानालाई बिर्साउने सुशासनको गन्तव्य ?

संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य

सरकारले कर्मचारीतन्त्र सुधार्ने काम गरोस्

प्रतिनिधिसभाको बैठक बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक