बुध, बैशाख २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

वैदेशिक रोजगारी पठाउने ठगी सम्बन्धमा गम्भीर ध्यानाकर्षण :मन्त्रालय

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
वैदेशिक रोजगारी पठाउने ठगी सम्बन्धमा गम्भीर ध्यानाकर्षण :मन्त्रालय
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले युरोप, अमेरिका, जापान, कोरिया, इजरायल लगायतका देशहरुमा वैदेशिक रोजगारीको अवसर भन्दै ठगी बढेको भन्दै सचेत गराएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले यस्ता मुलुकहरुमा वैदेशिक रोजगारी पठाउने भन्दै ढ्दै गइरहेको ठगी सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाए ।

वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित गराउन आवश्यक नीतिगत, कानून एवम् संस्थागत प्रवन्ध गरी यस क्षेत्रमा हुने ठगी नियन्त्रण गर्न सरकारले अधिकतम प्रयास गरिरहेको मन्त्रालयले जनाएको छ । यसका लागि आम सरोकारवालाहरुको उत्तिकै सक्रियता आवश्यक हुने मन्त्रालयले जनायो ।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४३ वमोजिम कुनै पनि व्यक्ति वा संस्थाले इजाजतपत्र नलिई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेमा वा कसैलाई वैदेशिक रोजगारमा लगाईदिन्छु भनी झुट्टो आश्वासन दिई वा प्रलोभन देखाई कुनै रकम लिएमा वा विदेश पठाएमा त्यसरी लिएको रकम र सोको पचास प्रतिशतले हुने रकम हर्जनावापत असूल गरी त्यस्तो व्यक्तिलाई विदेश जान र आउन लागेको खर्च समेत भराई निजलाई तीन लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र तीन वर्षदेखि सात वर्षसम्म कैद सजाय हुने कानूनी व्यवस्था छ ।

मन्त्रालयले यस विपरीत वैदेशिक रोजगारीमा जान इच्छुक नेपाली नागरिकहरुलाई आकर्षक रोजगारीको प्रलोभन देखाउने, युरोप, अमेरिका, जापान, कोरिया, इजरायल लगायतका देशहरुमा रोजगारीको अवसर छ भनेर सामाजिक सञ्जालहरुमा भ्रामक सूचना प्रेषित गर्ने र आम नागरिकमा भ्रम सिर्जना गरी आर्थिक रुपमा ठगी गर्ने गरेको समेत पाइएको मन्त्रालयले जनाएको छ । यस्ता गैरकानूनी कार्य नियन्त्रण गर्न मन्त्रालय, अन्तर्गतका निकाय तथा सरकारका अन्य नियमनकारी निकायहरु प्रतिवद्ध रहेको मन्त्रालयको दाबी छ ।

मन्त्रालयले सरकार सरकारवीच सम्झौता भई कार्यान्वयनमा रहेको जिटुजी प्रणाली, इजाजतप्राप्त संस्थाबाट आधिकारिक र कानूनी प्रक्रिया पुरा गरी वैदेशिक रोजगारीमा जाने पठाउने प्रणाली र व्यक्तिगत प्रयासमा सम्बन्धित देशको रोजगारदातासँग श्रम सम्झौता तथा भिसा प्राप्त गरी श्रम स्वीकृति लिएर जाने प्रणाली विद्यमान रहेको मन्त्रालयले विज्ञप्तिमा उल्लेख छ ।

‘वैदेशिक रोजगारीका क्रममा हुन सक्ने ठगीबाट बच्न वैदेशिक रोजगारीमा जाने प्रक्रिया शुरु गर्नु अगाडि इजाजतपत्र प्राप्त संस्था मार्फत प्रक्रिया अगाडि बढाउनुहुन, कुनै पनि संस्था इजाजतपत्र प्राप्त हो वा होइन र वैदेशिक रोजगारको लागि पूर्व स्वीकृति लिएको छ वा छैन भनि वैदेशिक रोजगार विभागको वेवसाइटमार्फत एकीन गर्नुहुन, कोही कसैको प्रलोभनमा परी विना प्रमाण तोकिएको शुल्क भन्दा बढी रकम नदिनुहुन, वैदेशिक रोजगारी प्रयोजनका लागि तोकिएको सेवा शुल्क संस्थाको बैंक खातामार्फत मात्र बुझाउनुहुन समेत सूचित गरिन्छ,’ मन्त्रालयले भनेको छ ।

यसबारेका आवश्यक सूचना, जानकारी, गुनासो एवम् उजुरीका लागि श्रमाधान कल सेन्टर मार्फत वा प्रत्यक्ष रुपमा मन्त्रालय वा मन्त्रालय अन्तर्गतका निकायमा सम्पर्क गर्न भनिएको छ ।

यो पनि पढ्नुहोस्

यी हुन्- मन्त्रिपरिषद्‍ले गरेका ९ निर्णय

सरकारको निर्णयप्रति पुनर्विचार गर्न आग्रह

४ घण्टा अगाडि
नववर्ष २०८३ शुभ फल बढी प्राप्त हुने

नववर्ष २०८३ शुभ फल बढी प्राप्त हुने

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे आयोजनामा शोध लेखन तालिम सम्पन्न

रास्वपाकाे संसदीय दलको बैठक सुरु

गण्डकीका कांग्रेस सांसद कुँवरले दिए राजीनामा

रात्रिकालिन बस सेवा सुरु

चलचित्र ‘बुकी’ को पहिलो प्रिमियर शो जापानमा गरिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक