आइत, कार्तिक ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

जेनी माक्र्सलाई नबुझी माक्र्स पूर्ण ब्यक्तितवलाई पनि जाँनिदैन

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 mins read
0
स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

—लोकनारायण सुबेदी —

बिश्व कम्युनिष्ट आन्दोलनका प्रबर्तक, अभूतपूर्व महान र युगान्तकारी दार्शनिक, असाधारण एबं अप्रतिम ब्यक्तित्व कार्ल माक्र्सकी सहधर्मिणी अर्थात जीवन संगीनी हुन् जेनी माक्र्स । उनको कार्ल माक्र्ससँग बिवाह हुनुभन्दा पहिलाको नाम रहेको थियो –जेनी वोन वेस्टफालेन । उनको जन्म १२ फेब्रुअरी १८१४ मा जर्मनीको राइन प्रान्तको सल्ज्वेडलमा भएको थियो । जेनीको जन्मपछि उनको बुवाको ट्रियर शहरमा सरुवा भयो । त्यही नै उनको कार्ल माक्र्सको परिवारसँग परिचय हुने शुभ अवसर मिल्यो । त्यति बेलैदेखि बालिका जेनी आफ्ना अरु बिद्यालयका साथीहरुसँगै कार्ल माक्र्ससँ खेल्ने गर्थिन । यसरी बाल्यकालदेखिनै शुरु भएको जेनी र माक्र्स बीचको प्रेम जेनी २१ बर्षकी र माकर्स १७ बर्षको भएपछि झन परिपक्व प्रेममा परिणत भयो ।

अन्ततः कार्ल माक्र्स र जेनीले सन १८३५ को गर्मी याममा विवाह सम्पन्न गरे । तर त्यो बैबाहिक सम्बन्ध अभिजात वर्गका जेनीका माता पिताहरुका लागि अस्वीकार्य हुने सम्भावना थियो । त्यसले गर्दा उनीहरुले त्यस विवाहलाई तत्काल प्रकट गरेनन् । यद्यपि जेनीले कार्ल माक्र्ससँग विवाह गरेपछि उनको जीवनले नयाँ मोड लियो । हुन पनि आफुले २१ बर्षसम्म बिताएको जीवनशैली भन्दा नितान्त फरक तर लक्ष्यप्रति अविचल अनि अबिरल कठिनाई र अभावहरुले भरिएको निकै कठोर जीवन उनले आरम्भ गरेकी थिइन । विवाह पश्चात उनीहरु राइन नदीको बाटो भएर अक्टोबरमा पेरिस पुगे । उनीहरु पेरिस पुगेपछि माक्र्सले पत्रिका निकाल्न शुरु गरे । १ मे १८४४ मा जेनीले उनकी जेठी छोरी जेनीलाई जन्म दिइन् ।

त्यतिबेला माक्र्सले प्रकाशित गर्न थालेको पत्रिकाको अवस्था पनि राम्रो थिएन । त्यसले गर्दा माक्र्स–जेनी परिवारको आर्थिक स्थिति ज्यादै कमजोर थियो । यसैबीच १८४५को शुरुमा उनीहरु बसेको घरमा अचानक प्रहरी आएर माक्र्सलाई २४ घण्टाभित्र पेरिस छोड्नु पर्ने भन्ने प्रसियाली सरकारको आदेश सुनाएर गयो । तर जेनीले पेरिस छोड्नु पर्ने कुरा त्यहाँ उल्लेख थिएन । जेनीले त्यो कठिन पलमा आफ्ना घरायसी सामानहरु बेचेर केही पैसा जम्मा गरिन् । त्यो पैसाले त्यहाँबाट उनीहरु ब्रसेल्स गए । ब्रसेल्सको बसाइमा एक रात २ जना मानिसहरु उनीहरु बसेको घर भित्र पसेर कार्ल माक्र्सलाई सोधपुछका लागि भनी प्रहरी कार्यलयमा लगे ।त्यसै रात माक्र्सलाई छुटाउन प्रयासरत रहँदा प्रहरीले जेनीलाई पनि गिरफ्तार ग¥यो । अनि यौन व्यावशायी, पाकेटमार जस्ता महिलाहरु राखिएको हिरासतमा उनीलाई पनि सँगै राख्यो । त्यहीं उनले एक पुरानो जीगोर नामका साथीलाई पनि भेटिन् । उनका साथी जिगोरले तत्कालै तल हेर्न ईसारा गरे । जेनीले झ्याल नजिक गएर तल हेर्दा कार्ल माक्र्सलाई सैनिकहरुले कडा सुरक्षा दिएर अन्तै लगेको देखिन् । जेनीलाई माक्र्सका बारेमा केही बेरको केरकारपछि पनि प्रहरीले जेनीबाट केही हात पार्न सकेन र अन्त्यमा उनलाई हिरासतबाट मुक्त ग¥यो ।

अनि त्यसपछि पनि माक्र्सको परिवारलाई जहाँ गयो त्यहीबाट लखेटिन थालियो । उनीहरु १८४५ मा पेरिसबाट, १८४८ मा ब्रसेल्सबाट, १८४९मा क्योलनबाट र अगस्ट १९४९मा फेरी पेरिसबाट निरन्तर लखेटिएका र धपाइएका थिए । एक पटक त जेनी गर्भवती भएको बेलामा पनि यो परिवारले देश निकाला हुनु परेको थियो । यसरी देश निकाला हुँदै गर्दा र बसाइँ सर्न कैयौं पटक त उनीहरुसँग पैसा नै हुँदैन थियो । त्यस्तो अवस्थामा रहँदारहँदै पनि बाध्य हुँदा गर्भवती पत्नी र बच्चालाई समेत छोडेर नै माक्र्सले एक पटक त २६ अगस्टको दिन बेलायतको राजधानी लण्डन पुग्नु परेको थियो ।

वास्तवमा यसरी एक पछि अर्को देश निकाल र निर्वासनका कहिल्यै नटुङ्गिने श्रृङ्खलाहरु र खस्कदो आर्थिक अवस्थाले पनि माक्र्सलाई कहिल्यै विचलित पार्न भने पटक्कै सकेन । हुन पनि सभ्यता र ज्ञानले सम्पन्न, साहित्य र कलाकी ज्ञाता जेनी माक्र्सले सन १८७५–१८७७ मा जर्मन जनतन्त्रवादी अखवार (फ्याङ्कफर्ट जेइटुङ एण्ड ह्याण्डल्सब्लाट)मा साहित्यिक आलोचना सम्बन्धि लेखमाला प्रकाशित गरिन् । त्यसमा उनले लण्डनको थिएटर जीवनबारे प्रकाश पारेकी थिइन् । बिश्व प्रसिद्ध अग्रेज साहित्यकार शेक्सपियरका नाटकहरुमा मूख्य नायकको भूमिका प्रस्तुत गर्ने कलाकार हेनरी इरभिङ्कको उत्कृष्ट अभिनय बारे उनले लेखिन् र बृटिश बुर्जुवा दर्शकहरुको अभिरुचीको हाँसो उडाइन् । यस बीचमा जेनी माक्र्सले रुस लगायत देशहरुमा मजदुर तथा क्रान्तिकारी आन्दोलनका गतिविधिबारे निगरानी राखेकी थिइन र ती आन्दोलनहरुमा आफुले सकेसम्म महत्वपूर्ण योगदान पनि पु¥याउने गरेकी थिइन् । यसरी लक्षप्रति ओतप्रोत भएकी आफ्नी सत्यनिष्ठ जीवनसङ्गीनी जेनीको संघर्षमा निःस्वार्थ सहभागिताप्रति माक्र्सले आफ्नो ‘दास क्यापिटल’ अर्थात् ‘पूँजी’को दोस्रो र तेस्रो खण्ड समर्पित गर्ने मनशाय राखेका थिए भन्ने माक्र्सका अनन्य मित्र एङ्गेल्सका भनाई रहेको छ । हुन त सर्वहारावर्गको मुक्ति संघर्षमा जेनी माक्र्सको योगदान बाह्य संसारको लागि विशेष देखिएको छैन तर एङ्गेल्सले उनलाई पनि ‘सर्वहारावर्गको समाजवादको पुरानो योद्धा दल’मा नै गणना गरेका थिए ।

हुन पनि तीक्ष्ण विवेकशील मस्तिष्क, राजनैतिक विनम्रता, स्पूmर्ति जोशिलो चरित्र, आफ्नो श्रीपतिको सम्पूर्ण जीवन बलिदान गरेको महान कार्यप्रति निरन्तर निष्ठा,बफादारी र आत्मत्याग, यी सबै उच्च महत्वका कुराहरुले ओतप्रोत र परिपूर्ण जेनी माक्र्सबाट फेडरिक एङ्गेल्स ज्यादै प्रभावित थिए । त्यसैले त उनले जेनीलाई ‘उत्कृष्ट आत्मा भएकी नारी’ भन्ने उच्च संज्ञा नै दिएका थिए ।

माक्र्सकी जीवन संगीनी जेनी फोक्सोको निमोनियाको कारण लामो समयसम्म विरामी भएर ओछ्यानबाट उठ्न नसक्ने भइन् । अर्कोतिर माक्र्सलाई पनि कलेजोको क्यान्सरले आक्रान्त पारेको थियो । डाक्टरहरुले उनको जीवन खतरामा परेको कुरा बताइसकेका थिए । यस प्रकार एकातिर अर्को कोठामा आफ्नी पत्नी मृत्यु शैयामा छटपटाएर संघर्षरत रहँदा मार्क्स पनि क्यान्सर रोगको शिकार भएर सिकिस्त थिए । सन् १८८१ को डिसेम्बर २ का दिन लण्डनमा जेनीको देहाबसान भयो । तर आफै रोगले जीर्ण भएका माक्र्स आफ्नी प्यारी सहधर्मिणी जेनीको अन्त्येष्टिमा पनि सहभागी हुन सकेनन् । त्यसको दुइ बर्ष पछि क्यान्सरले थलिएका कार्ल माक्र्स स्वयं पनि १८८३ मा यो संसारबाट बिदा भए । जेनी र माक्र्सका अभिन्न मित्र एंगेल्सले उनीहरु दुबैलाई अन्तिम बिदा गरे । जेनी र माक्र्सले जुन किठन परिस्थितिको सामना गर्दै र पारिबारिक दुःखसुख परस्पर मिलेर बाड्दै बिश्वलाई माक्र्सले दिएको अमर योगदानमा जेनीको पनि योगदान मिसिएको छ । कार्ल माक्र्सको २०६औ जनम जयन्ति ५ मईका दिन बिश्व मानब समुदायप्रति अप्रतिमरुपमा समर्पित यी संसारका उत्कृष्ट एवं अमर दुइ उच्च मानबप्राणीप्रति उच्च सम्मान र स्मरणकासाथ नमन !

 

यो पनि पढ्नुहोस्

मेक्सिकोमा  जेन-जीको प्रदर्शनमा १ सय २० घाइते

मेक्सिकोमा जेन-जीको प्रदर्शनमा १ सय २० घाइते

१८ मिनेट अगाडि
चार पक्षीय छलफल एकै साथ हुने

चार पक्षीय छलफल एकै साथ हुने

५२ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

एनपीएलकाे तयारी पूरा

हाथु भैरवको मुर्ति बनाउने कार्य जारी

नयाँ पुस्तासँग बृहत् सम्झदारी गर्न सरकारसँग माग

 तीन वर्षीय बालकको जीवन बचाउन अपिल

सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन सहकार्य बढाउने

पार्टी एकता बारे राई र यादवसँग छलफल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक