शनि, जेष्ठ ३२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

केन्द्रविन्दुमा श्रमजिवी पत्रकारको सुरक्षा हुनुपर्छः शान्ति समाज

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
केन्द्रविन्दुमा श्रमजिवी पत्रकारको सुरक्षा हुनुपर्छः शान्ति समाज
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं ।  केन्द्रविन्दुमा श्रमजिवी पत्रकारको सुरक्षा हुनुपर्नेमा मानव अधिकार तथा शान्ति समाजले जोड दिएको छ । यसैगरी सञ्चार जगत राजनीतिक स्वार्थको दलदलबाट मुक्त हुनुपर्ने र कर्पोरेट क्षेत्र विशेषतः ठूला कम्पनीहरुको स्वार्थको हतियार बन्न नहुनेमा समेत शान्ति समाजले ध्यानाकर्षण गराएको छ । ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजद्वारा अघि सारिएको अवधारणापत्रमा युद्धको चपेटामा सय भन्दा बढी पत्रकारहरुको हत्याको निन्दा गर्दै जस्तोसुकै अवस्थामा पनि पत्रकारहरुको सुरक्षा हुनुपर्नेमा जोड दिइएको छ । यसैगरीे लोकतान्त्रिक एवं स्वतन्त्रताको आन्दोलनमा नेपालको सञ्चारजगतको विशिष्ट योगदान रहेको स्मरण गर्दै अबको बाटो भनेको मर्यादित एवं व्यवसायिक पत्रकारिताकाको क्षेत्रमा अर्को मानक स्थापित गर्नु रहेको र त्यसका लागि सम्वद्धहरुबाटै समीक्षा, मन्थन र मार्ग निर्धारण आवश्यक भएको धारणा शान्ति समाजको रहेको छ ।

३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाजको आयोजनामा विभिन्न जिल्लामा कार्यक्रम भएको छ । युद्धको चपेटामा पत्रकारहरुः युद्ध अन्त्य गर, पत्रकारको सुरक्षा गर, मर्यादित एवं व्यवसायिक पत्रकारिताः केन्द्रविन्दुमा श्रमजीवि पत्रकारको सुरक्षा भन्ने आह्वानसहित २०८१ वैशाख २१ गते दाङमा संवाद कार्यक्रम र काठमाण्डौँ, संखुवासभा, चितवन जिल्लामा प्रदर्शन सम्पन्न भएको हो । यस्तै शान्ति समाज जिल्ला शाखाहरुको आयोजनामा अन्य जिल्लाहरुमा पनि कार्यक्रम भइरहेको छ ।
काठमाण्डौमा सम्पन्न कार्यक्रममा केन्द्रीय सभापति रामकृष्ण बराल, राष्ट्रिय सभा सदस्य विष्णुदेवी पुडासैनी, शान्ति समाजका सल्लाहकार गोविन्द खनाल, पूर्व सभापति होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रेनुका पौडेल, समाजसेवी लालु लामा, पत्रकार रघु लामिछानेले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसैगरी मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवसका दिन शान्ति समाजको दाङ शाखाले श्रमिकको पेशा तथा भौतिक सुरक्षाको सुनिश्चितता विषयमा अन्तरक्रिया र पाल्पा शाखाले मर्यादित काम श्रमिकको सम्मान हाम्रो अभियान भन्दै तानसेनको नारायणस्थान चोकका श्रमिकहरुलाई खाद्यान्न वितरण गरेको थियो ।

यो पनि पढ्नुहोस्

विदेशी मुद्राको विनिमय दर ताेक्याे

विदेशी मुद्राको विनिमय दर निर्धारण

२ घण्टा अगाडि
यात्रुवाहक डुङ्गा डुब्दा कम्तीमा ४० जनाको मृत्यु

यात्रुवाहक डुङ्गा डुब्दा कम्तीमा ४० जनाको मृत्यु

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

खोला मापदण्डको बिषयमा नेवा: समुदाय भित्रका जातिय समाजबीच छलफल हुँदै

 UPDTE :एयर इन्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २६५ पुग्याे

नागरिक बेच्नुपर्नेलाई लिएर सांसदहरुबीच चर्को विवाद

नेपाल कसैको मातहतमा रहेको छैन : प्रम ओली

माकेशीत मायाप्रिति जारी रहेता पनि अहिलेलाई पारपाचुके

ओलीविरुद्ध खुल्न थाले एमाले नेताहरू !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक