बुध, भदौ ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

नेपालका १७ सय बढी जडिबुटीलाई कम्प्युटर डाटाबेसमा समावेश

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेपालका १७ सय बढी जडिबुटीलाई कम्प्युटर डाटाबेसमा समावेश
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। आयुर्वेदिक औषधीमा प्रयोग हुने नेपालका १७ सय बढी जडिबुटीलाई कम्प्युटर डाटाबेसमा समावेश गरिएको छ ।

बागमती प्रदेश अन्तर्गतको सामाजिक विकास मन्त्रालयले युवा वैज्ञानिक प्रोत्साहन कोषको अनुदानबाट सञ्चालन कार्यक्रमबाट १७ सय ७७ वटा औषधीय वनस्पतिबाट औषधीका लागि प्रयोग हुने ११ हजार २४० वटा सक्रिय जैविक रसायनहरूलाई डाटाबेसमा समावेश गरिएको सामाजिक विकास मन्त्रालयका सचिव डा.भीष्मकुमार भुसालले जानकारी दिए ।

सचिव भुसालले भने– ‘परम्परागत तरिकाले उपचार गर्दा कुन–कुन वनस्पति प्रयोग गरिन्छ, त्यसका के कस्तो औषधीय गुण छ, कुन स्वास्थ्य समस्यामा उपचारका लागि प्रयोग हुन्छ, ती वनस्पतिको वैज्ञानिक नाम के हो ? लगायतका जानकारी अब सजिलै पाउन सहज भएको छ । जडीबुटीको रसायनलाई वैज्ञानिक ढंगबाट डाटाबेसमा समावेश गरिएको छ । यसबाट जडीबुटीबाट औषधी निर्माण गर्न, खोज अनुसन्धान गर्नका लागि सहज हुन्छ ।’

नेपालमा उपलब्ध जडीबुटीहरूको हालसम्म अभिलेखीकरण नभएको अवस्थामा आयुर्वेदीय औषधी प्रणालीलाई वैज्ञानिक र तथ्यपरक ढङ्गले वैज्ञानिक प्रणालीमा आबद्ध गराई भविष्यमा जडीबुटी वा नेपाली वनस्पतिमा आधारित आयुर्वेदीय औषधि प्रणालीको नवप्रवर्तन र विकासका लागि सहज हुने उल्लेख गरे ।

मन्त्रालयले प्रतिस्पर्धाबाट परियोजना प्रस्ताव छनौट गरी भुवन गुरुङ, दिलीप श्रेष्ठ, विष्णु कार्की, महेश अर्याल र विशाल गुरुङको टिमले डाटाबेस तयार गरेको हो ।

महत्त्वपूर्ण २ सय वटा जडीबुटीको जैविक–रसायन डाटाबेस तयार पार्ने सम्झौता भए पनि काम गर्दै जाँदा १७ सय ७७ आयुर्वेद र वनस्पतीय औषधीका जडीबुटी डाटाबेसमा समावेश गरिएको परियोजनाका युवा वैज्ञानिक भुवन गुरुङले जनाए ।

कम्प्युटर प्रणाली प्रयोग गरी महत्त्वपूर्ण औषधीय सम्भावना बोकेका नवीन–जैविक रसायनहरूको पहिचान गरी नयाँ औषधी विकास गर्ने कार्यमा सहयोग हुने, विभिन्न, संस्था तथा व्यक्तिबाट हुने जडीबुटी र औषधीजन्य वनस्पति सम्बन्धी एकै प्रकारका अनुसन्धान कार्यका लागि पटक पटक दोहोरिने काम निरुत्साहित भई राज्यकोषको रकम सही र नवीन खोज कार्यमा लगाउन सकिने गुरुङले जनाए ।

यसबाट बहुउपयोगी व्यवसायिक औषधी जन्य वनस्पति र जडीबुटी खेतीलाई प्रोत्साहन र प्रवर्द्धन गर्न सरकारलाई सहज हुने, देशबाट कच्चा जडीबुटीको सट्टा प्रशोधित औषधीजन्य जैविक रसायन निर्यात गर्न सकिने, औषधी र प्राकृतिक पोषणयुक्त खाद्य पदार्थ विकास गर्न सकिने उनले जनाए । १७ सय ७७ प्रकारका वनस्पति र तिनीहरुको औषधीय गुणबारे www.phytomednepal.com बाट थाहा पाउन सकिन्छ ।

यो पनि पढ्नुहोस्

रसुवा बाढीका २७८ बिरामी उपचार पश्चात घर फर्किए

रसुवा बाढीका २७८ बिरामी उपचार पश्चात घर फर्किए

१९ घण्टा अगाडि
आज विश्व प्राथमिक उपचार दिवस मनाइँदै

आज विश्व प्राथमिक उपचार दिवस मनाइँदै

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

न्याय सेवा आयाेगमा दुई जना सचिवकाे बढुवा

चिलिमेमा पानीकाे सतह घटाउने तयारी

याेसिं काभ्रेको नाला वनबाट काठमाडौं ल्याइयाे

तामाङ चलचित्र ‘ङाला सेम्जो’ को विशेष प्रदर्शन सम्पन्न

जेन्जीका वास्तविक माग सम्बोधन भएकै छैन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक