आइत, कार्तिक ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पत्रकारहरूको समस्याप्रति प्रदेश सरकार संवेदनशील

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
पत्रकारहरूको समस्याप्रति प्रदेश सरकार संवेदनशील
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सप्तरी  । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राज कुमार लेखीले पत्रकारिता क्षेत्र र पत्रकारहरूको समस्याप्रति प्रदेश सरकार संवेदनशील रहेको जनाउनुभएको छ । सप्तरीको तिरहुत गाउँपालिका-५ स्थित ऐतिहासिक धार्मिक पर्यटकीय स्थल लोहजरामा नेपाल पत्रकार महासङ्घ सप्तरीको ११ औँ अधिवेशनमा उहाँले सो कुरा जनाउनुभएको हो ।

मन्त्री लेखीले पत्रकारको समस्याप्रति गम्भीर रहेको बताउनुहुँदै पत्रकारहरूको पेसागत सुरक्षा र संस्थागत विकासको लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले पत्रकारिता क्षेत्रमा रहेको तमाम समस्यालाई सम्बोधन हुने गरी कार्ययोजना पेस गर्न र छलफल गर्न पत्रकार महासङ्घका जिल्ला तथा प्रदेश नेतृत्वलाई आग्रह गर्नुभयो ।

लोक कल्याणकारी विज्ञापनमा प्रदेश सरकारले कटौती गरी पत्रकारलाई सुविधाबाट वञ्चित गर्नु न्याय पूर्ण नभएको बताउनु हुँदै प्रदेशभरी रहेका सञ्चार माध्यमलाई दिने सुविधा वार्षिक २५ लाख यो न्यायसङ्गत नभएकोले प्रदेश नेतृत्वलाई ५० करोडको कार्ययोजना बनाएर पेस गरेमा कार्यान्वयन तर्फ लाने जिम्मा आफूलाई भएको जनाउनुभयो ।

मन्त्री लेखीले सङ्घ सरकारले बजेटमा प्रदेश सरकार र स्थानीय सरकारमाथि भेदभाव गरी केन्द्रले ८० प्रतिशत बजेट राख्ने र सातवटा प्रदेश र ७ सय ५३ स्थानीय तहलाई २० प्रतिशत बजेट विनियोजन गरेर केन्द्र सरकारले विभेद गरेको आरोप लगाउनुभयो ।

नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीका अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव दीपेन्द्र चौहान, आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव, नेपाल पत्रकार महासङ्घ मधेश प्रदेश अध्यक्ष राजेश कर्ण महासङ्घका केन्द्रीय सदस्य केसी लामिछाने, पूर्व केन्द्रीय सदस्य अबधेश झा, पूर्व सिँचाइ मन्त्री उमेश कुमार यादव, राजविराज नगरपालिकाकी कार्यवाहक प्रमुख इसरत परविन, तिरहुत गाउँपालिकाका अध्यक्ष विजय कुमार यादव, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण मण्डल, प्रमुख जिल्ला अधिकारी किरण थापा, नेपाल पत्रकार महासङ्घ सप्तरीका पूर्व सभापति बैथनाथ झा लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

उद्घाटन समारोह पश्चात् बन्द सत्रमा आर्थिक, प्रगति, सांगठानिक तथा भावी नीति तथा कार्यक्रम प्रस्तुत गरी छलफल पश्चात् परिमार्जन गर्ने गरी अबेर राती पारित भएको पत्रकार महासङ्घ सप्तरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

२६ वटा स्टारलिङ्क भी३ भूउपग्रह तैनाथ

२६ वटा स्टारलिङ्क भी३ भूउपग्रह तैनाथ

३ घण्टा अगाडि
नेपालको राज्यकोषबाट कुनै खर्च नहुने स्पष्ट

नेपालको राज्यकोषबाट कुनै खर्च नहुने स्पष्ट

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

व्यवसायी महेश श्रेष्ठ कीर्तिपुरबाट पक्राउ

हिन्दु धर्मगुरुहरूले ‘पाँच पाण्डव’ हेरेपछि भने– हेर्नै पर्ने उत्कृष्ट सिनेमा

रास्वपाका २० नेता आज चीन प्रस्थान

देशका पहाडी भू-भागमा आंशिक बादल लाग्ने

नेपाल संवत्‌लाई नोटमा राख्न र संवत्‌सम्बन्धी कानुन निर्माण गर्न माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक