वीरगञ्ज / प्रतिबन्धित गाँजासहित रौतहटबाट श्रीमान्/श्रीमती पक्राउ परेका छन्। पक्राउ पर्नेमा बारा निजगढ नगरपालिका–१ बजार टोल बस्ने अनन्त बराइली र उनकी श्रीमती मन्जु बराइली छन्। सूचनाको आधारमा रौतहट कटहरिया नगरपालिका–२ छेदिचौक प्रहरीले बराईलीले चलाएर आएको प्र.२–०३–००१ह ३१५ नम्बरको अटोलाई चेकजाँच गरेको थियो।
जाँचका क्रममा चालक बसेको सिटमुनि झोलामा लुकाई छिपाई राखि ल्याएको दस केजी पाँच सय ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी निरिक्षक झलक प्रसाद शर्माले जानकारी दिए।
गाँजा फेला परेपछि चालक बराईली र अटोमा सवार उनकी श्रीमती मन्जुलाई पनि पक्राउ गरि थप अनुसन्धान भइरहको शर्माले जनाए।


