शुक्र, अशोज २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

विमानभित्र खाना कि देशमै रोजगारी सृजना ?

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
न्यायालयलाई निकम्मा बनाएर दलका नेताहरुलाई केही लाभ होला ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–प्रीति रमण

नेपाल अहिले युवा पलायनको उत्कर्षमा छ । काम, शिक्षा तथा अन्य प्रयोजनका लागि विदेशिने युवाको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । त्यस्ता युवालाई देशमा रोक्ने र उत्पादनको क्षेत्रमा लगाउने सरकारले थुप्रै योजना ल्याए पनि कार्यान्वयन हुन सकेको छैन । बरु विदेशिन सघाउने केही नीतिनियमका कारण युवा पलायनलाई झनै बढाएको छ । यस्तै नीति लिएका छन्, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले पनि । उनले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई हवाई जहाजभित्र अनिवार्य रूपमा खानाको व्यवस्था गर्न आग्रह गरेका छन् । गत सोमबार वैदेशिक रोजगारी व्यवसायी संघ र मन्त्रालयबिच मन्त्रालयमा भएको छलफलमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर व्यवसायी मार्फत रोजगारीमा जाने श्रमिकलाई हवाई जहाजको टिकटमा अनिवार्य रूपमा खानाको व्यवस्था गर्न मन्त्री अर्यालले आग्रह गरेका हुन् । मध्यपूर्व तथा मलेसिया जाने श्रमिकले औसत चार घण्टाको यात्रा तय गर्नुपर्ने हुन्छ । यात्रा गर्नुपूर्व तीन घण्टा अगाडि नै विमानस्थल पुग्नुपर्ने हुन्छ ।

गन्तव्य मुलुक पुगेपछि पनि श्रमिकले समयमा नै खाना खान पाउँदैनन् । यसरी वैदेशिक रोजगारीमा जाँदा घण्टौँसम्म भोक भोकै बस्नु पर्ने अवस्था छ । त्यसैले हवाई जहाजको टिकटमा नै खानाको व्यवस्था गरी दिन मन्त्री अर्यालले आग्रह गरेका हुन् । तत्कालीन रुपमा मन्त्रीको यो प्रयास सकारात्मक छ । यात्राको क्रममा श्रमिक कम्तीमा भोकै हुनुपर्ने अवस्था टर्नसक्छ । तर, हामीले श्रमिकलाई पलायन नै हुन नदिने र नेपालमै रोजगारी स ृजना गरी आफ्नो परिवार र सन्तानसँग बस्न पाउने व्यवस्था कहिलेसम्म गर्ने त ? यसमा मन्त्री तथा नेताहरुले सोच्न जरुरी छ । भोकको पीडा त केही समयसम्म खप्न सकिएला तर परिवारसँगको विछोडको पीडा लामो समयदेखि नेपाली भोग्नु परेको छ ? यसको अन्त्य कहिलेसम्म गर्न सकिएला त मन्त्रीज्यू ? यसको पनि केही उपाय त होला नि ?

युवावस्था भनेको काम गर्ने उमेर हो । कुनै युवालाई सक्षम बनाउन अभिभावक तथा सरकारले लामो समयदेखि लगानी गरिरहेको हुन्छ । त्यसैले उनीहरुको कामबाट देशको अर्थतन्त्र चलायमान हुनुका साथै देशमा विकास र समृद्धिको पनि परिकल्पना गरिन्छ । त्यसैले कुनै पनि देशमा युवाको संख्या धेरै हुनुलाई स्वर्णकाल मानिन्छ । धेरै देशमा युवाको संख्या बढी हुँदा ती देशले विकासमा फड्को मारेका उदाहरण पनि थुप्रै छन् । अहिले नेपालमा पनि युवाको संख्या बालबालिका तथा वृद्धवृद्धाको भन्दा धेरै छ । तर यो अवस्था धेरै लामो समयसम्म रहन्न ।

यसको अर्थ केही वर्षपछि नै नेपालमा युवाको भन्दा वृद्धवृद्धाको संख्या धेरै हुनेछ । अहिले नै विगतमा जस्तो धेरै सन्तान पाउने चलन हटिसकेको छ । बढ्दो आर्थिक भारका कारण युवा एक वा बढीमा दुई सन्तान मात्र चाहना राख्छन् । अझ वैदेशिक रोजगारीमा जाने कारणले सन्तान पाउने उमेर पनि बढ्दै गएको छ । त्यसकारण बालबालिका र युवाको संख्याको विगतमा तुलनामा आगामी दिनमा घट्दै जाने स्पष्ट नै छ । त्यसैले युवाको संख्या धेरै रहेको अवस्था नेपालका लागि स्वर्णकाल हो । तर, यो स्वर्णकालको सदुपयोग भने अन्यत्रै देशले गरिरहेका छन् । हो, नेपालमा रोजगारीको कमीका कारण धेरै युवा वैदेशिक रोजगारी तथा अन्य बहानामा विदेश पुगिरहेका छन् । हाल नेपालबाट काम र अध्ययनका लागि युवा विदेशिरहेका छन् ।

रोजगारी नहुँदा अदक्ष, अर्धदक्ष, दक्ष सबैखाले जनसंख्या खाडी मुलुक, दक्षिण कोरिया, युरोप, अमेरिकाजस्ता स्थानमा पुगिरहेका छन् । खाडी मुलुकमा जाने नेपाली आफ्नो श्रम गर्नसक्ने उमेरसम्म त्यहीँ रहने र काम गर्न नसक्ने भएपछि मात्र नेपाल फर्किने गरेका छन् । त्यसैले नेपाली सस्तो श्रमको उपयोग गरेर खाडी मुलुक झनै समृद्ध बनिरहेका छन् । अर्कोतर्फ जापान, युरोप, अस्ट्रेलिया, अमेरिका तथा क्यानडा जस्ता स्थानमा अध्ययनका लागि भनेर धेरै नेपाली विद्यार्थी पुगेका छन् । यहाँ जानका लागि ठूलो रकम खर्च गर्नुपर्छ । त्यस्तै अध्ययनका लागि पनि नेपालबाट ठूलो रकम विद्यार्थीले लैजाने गर्छन् ।

एकातर्फ उनीहरुले यसरी नेपालबाट रकम कमाइरहेका छन् भने अर्कोतर्फ त्यहाँ पुग्ने नेपाली विरलै मात्र नेपाल फर्कन्छ । नेपालीलाई स्थानीय नागरिकभन्दा सस्तो पारिश्रमिक दिँदा हुने भएकाले उनीहरुलाई पनि त्यहीँ बस्ने व्यवस्था गरिएको छ । नेपालीहरु पनि यहाँको राजनीतिक अवस्था, अविकासजस्ता कारणहरुले विदेशमा नै बस्न रुचाइरहेका छन् । यस्तो अवस्था आउनुको कारण हो, राजनीतिक असफलता, बेरोजगारी र काम गर्ने वातावरण नहुनु ।

असफल राजनीतिका कारण देशमा विकास निर्माण ठप्प छ । कलकारखानामा उत्साह छैन, कृषक हतोत्साही भएका छन् । देशका वर्षेनि ५ लाख जना रोजगारीको बजारमा आउने गरेका छन् । तर, सरकार रोजगारी सृजना गर्न असफल साबित भइरहेको छ । देशमा रोजगारी नहुनु , भएका रोजगारी पनि अति नै न्यूनतम पारिश्रमिक हुनु , कृषकलाई प्रोत्साहन नहुनु जस्ता कारणले पनि वैदेशिक रोजगारीमा जाने बढिरहेका छन् । त्यसैले अब विमानभित्र खाना मात्र होइन, देशभित्रै रोजगारी सृजना आजको आवश्यकता हो भन्ने मन्त्रीज्यूहरुले बुझ्न जरुरि छ ।

यो पनि पढ्नुहोस्

राष्ट्रसंघको महासभामा जान लागेका प्रधानमन्त्री बालेनलाई सुझाव

३ हप्ता अगाडि
चिकित्सकले कुटाइ खाइरहने र बिरामीले सास्ती पाइरहने कहिलेसम्म ?

बलात्कार घटना र सजायमा हामी कहिले संवेदनशील बन्ने ?

१ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एआईजी वंशीराज दाहालमाथि कारबाही

तेस्रो संस्करणको एनपीएलको तयारीमा जुट्याे

कांग्रेसमा नयाँ नेतृत्व चयन गर्न मतदान शुरू

भू–माफिया ठण्डिराज र केदारनाथ उपाध्यायले यसरी कुम्ल्याए २८ करोडको सरकारी जग्गा

डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न अपिल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक