काठमाडौं । धनुषामा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ ।
बिहीबार धनुषाको औरही गाउँपालिका १ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको हो । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबिच विवाद उत्पन्न भएको थियो ।
एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेर खुलाउने प्रयास गर्दा विवाद बढेको थियो । त्यसपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन ७ सेल अश्रुग्याँस प्रहार गरेको हो ।