सोम, मंसिर २९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

हेटौँडा सिमेन्ट उद्योगको जीर्ण क्यारियर झरेर दुर्घटना हुने जोखिम

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
हेटौँडा सिमेन्ट उद्योगको जीर्ण क्यारियर झरेर दुर्घटना हुने जोखिम
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

हेटौँडा । मकवानपुरको हेटौँडा–९, लामसुरेमा केन्द्रीय कार्यालय रहेको हेटौँडा सिमेन्ट उद्योगको जीर्ण बकेटहरु (क्यारियर) झरेर दुर्घटना हुने जोखिम बढेको छ । हेटौँडा–१ चाइना क्वाटरस्थित बस्तीमाथि रहेको रोपवेका बकेटहरु झरेर दुर्घटना हुन सक्ने जोखिम बढेको हो ।

२०४३ सालबाट दुई दशकसम्म भैंसेखानीबाट चुनढुङ्गा ढुवानी गरेको रोपवे बाढीले भत्काएपछि सञ्चालन हुन सकेको थिएन । टावर, स्टेशन, सबस्टेशन भत्कने, क्यारियरहरु पनि झर्ने गरिरहेका छन् । प्रतिघण्टा ३ सय मेट्रिक टन चुनढुङ्गा ढुवानी गर्ने क्षमता रहेको रोपवेको सुरुमा एक सय ६५ वटा वकेट (क्यारियर) रहेकोमा बिग्रिएर झर्दै गएपछि हाल दुई दर्जनभन्दा बढी बकेट झरिसकेका छन् ।

उद्योगले आफ्नो उत्पादन सुरुवातसँगै २०४३ सालबाट भैंसेखानीबाट लामसुरेस्थित कारखानासम्मका चुनढुङ्गा ढुवानी गर्न सञ्चालनमा ल्याइएको रोपवे २०६१ सालदेखि बन्द भएको थियो । २०६० सालमा आएको बाढीपहिरोले भैंसे त्रिखण्डी नजिकको टावरमा क्षति पुगेपछि रोपवे बन्द भएको थियो ।  करिब आठ करोडको लगानीमा निर्माण भएको रोपवेको आर्थिक भार थेग्न नसकेपछि रोपवे बन्द भएको थियो ।

लामो समयदेखि सञ्चालन हुन नसकी अलपत्र अवस्थामा रहेको रोपवेको उपकरण लिलाम बिक्रीका लागि तयारी गरिएको छ । उद्योगले भैंसेखानीदेखि उद्योगसम्म प्रयोगमा नरहेको ११ किलोमिटर रोपवेको सिस्टम तथा भण्डारणमा रहेको जगेडा पाटपूर्जा बिक्री गर्न लागेको हो । एक दशकअघि पटकपटक प्रयास गर्दा पनि रोपवे उपकरण खरिद गर्न कसैले इच्छा नदेखाएपछि उद्योगले रोपवे बेच्न पुनः प्रयास थालेको छ ।

उद्योगले रोपवेको सामाग्री पुनः मूल्याङ्कनका लागि भण्डार शाखा प्रमुख विकास श्रेष्ठको संयोजकत्वमा यसअघि नै समिति बनाएको थियो । केही महिनाअघि बनेको मूल्याङ्कन समितिमा कोष तथा लेखा नियन्त्रक, जिल्ला प्रशासन र सडक विभागबाट एक÷एक जना र उद्योगबाट दुई जना प्रतिनिधि रहेका रहनुभएको छ । समितिले मूल्याङ्कन प्रतिवेदन तयार गरिसकेको र सञ्चालक समितिबाट निर्णय गरेर लिलाम बिक्रीको सूचना जारी गर्ने तयारी रहेको उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले जानकारी दिनुभयो ।

२०७० सालयता दुई वर्षसम्म पटकपटक मूल्याङ्कन गरी करिब आधा दर्जनपटक सूचना प्रकाशन गर्दा पनि रोपवे उपकरण खरिद गर्न सकैले इच्छा नदेखाएको हेटौँडा सिमेन्ट उद्योगका महाप्रबन्धक पाण्डेले बताउनुभयो । मूल्याङ्कन समितिले प्रतिवेदन तयार गरिसकेको जानकारी दिंदै सञ्चालक समितिबाट निर्णय गर्ने तयारी हुँदै गर्दा सञ्चालक समितिका अध्यक्ष बित्नुभएको कारण हाल काम अघि बढेको छैन । नयाँ अध्यक्ष नियुक्त भएपछि तत्काल निर्णय गराई रोपवे लिलाम बिक्रीको प्रक्रिया अघि बढाउने योजना रहको छ ।

प्रयोगविहीन रोपवे करोडौं खर्च गरेर मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि उद्योगले हटाउने योजना बनाएको हो । उद्योगले करिब एक दशकअघि पहिलोपटक जारी गरेको सूचनामा रोपवे र जगेडा पार्टपुर्जाका लागि मूल्य अभिवृध्दि कर बाहेक न्यूनतम मूल्य ६ करोड १६ लाख ५३ हजार कायम गरेको थियो । खरिदकर्ताको अनिच्छापछि उद्योगले पछिल्लोपटक ४ करोड ६१ लाखमा झारेको थियो ।

यो पनि पढ्नुहोस्

यात्रुवाहक बस दुर्घटना हुँदा १४ को मृत्यु, २० जना घाइते

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

११ मिनेट अगाडि
पेट्रोल पम्पमा आगो लाग्दा २७ जनाको मृत्यु

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

१४ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

केन्द्रीय कमिटी बैठकमा ईश्वर पोखरेलकाे आपत्ति

चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव

राजधानीमा ’किसानसँग बुद्धिजीवी’ कार्यक्रम सम्पन्न

डेङ्गीको सङ्क्रमण घट्दो क्रममा

पासवर्ड दुरुपयोग गरेको आरोपमा पक्राउ

गभर्नर डा. विश्वनाथ पौडेललाई बर्खास्त गर्नुपर्ने माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक