मङ्ल, पुस १, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेतृत्व गर्ने व्यक्तिले अध्ययनलाई महत्व दिनुपर्छ : सीके राउत

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
नेतृत्व गर्ने व्यक्तिले अध्ययनलाई महत्व दिनुपर्छ : सीके राउत
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सुर्खेत । जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सीके राउतले जुनसुकै क्षेत्रमा नेतृत्व गर्ने व्यक्तिले अध्ययनलाई महत्व दिनुपर्ने जनाएका छन्।

कर्णाली लिट्रेचर फेस्टिभल (कर्णाली साहित्य महोत्सव) मा मंगलबार ‘नेतृत्व र पठन’ विषयक सत्रमा राउतले नेतृत्व वर्गले आफू र नागरिकका लागि ज्ञान लिन जरुरी रहेको धारणा राखे ।

उनले नेतृत्व वर्गले सामाजिक, आर्थिक लगायत देश–विदेशको अवस्थाका बारेमा जानकार हुनुपर्ने बताए । ‘अहिले किन पढ्नुपर्‍यो भन्ने खालको भाष्य पैदा भइरहेको छ, तर त्यो गलत हो’, उनले भने, ‘पढ्नु एकदमै आवश्यक छ ।’

अहिलेको सूचना प्रविधिको युगमा पढ्ने प्रचलन कम भएको राउतले बताए । मानिसले बर्षमा कति किताब पढ्छ र कस्ता किताब पढ्छन् भन्ने कुराले व्यक्तित्व झल्काउने राउतको भनाइ छ । ‘म हरेक दिन पढिरहेको हुन्छु, कुनैबेला बिहान मैले दुई घण्टा पढिन भने त्यो दिन बर्बाद भएजस्तो ठान्थें’, राउतले भने ।

हिजोआज धेरैले ‘पढेलेखेकाहरुले देश बिगारे’ भन्ने गरेको भन्दै उनले पढेलेखेका मानिसहरुको कदर नभएको धारणा राखे । ‘पहिले गाउँघरमा पढेलेखेका मान्छे भेटिँदा सम्मान हुन्थ्यो, अहिले त आक्रोश पोखिन्छ,’ उनले भने, ‘यो देश पढेलेखेकाहरुले बिगारे भनिन्छ, यहाँ पढेलेखेका मान्छेको कदर भइरहेको छैन।’

उनले अहिलेको सरकार संसदप्रति जिम्मेवार नभएको टिप्पणी गरे । पहिलेका तुलनामा अहिले संसदमा सैद्धान्तिक छलफलको महत्व घटेको पनि उनको भनाइ छ । संसदमा पनि पढेका मानिसको उपस्थितिले फरक अर्थ राख्ने गरेको अनुभव सुनाए ।

उक्त सत्रमा वक्ताका रुपमा रहेका वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकालले पछिल्लो पुस्तामा पठन र लेखन संस्कृतिको विकास गर्न आवश्यक रहेको बताइन् । अहिलेको समयमा युवाहरुले सामाजिक सञ्जालमा बढी समय दिने भएकाले पढ्ने प्रचलन घटेको उनको भनाइ छ ।

मेयर ढकालले इतिहासको बारेमा जान्न अध्ययन गर्नु अनिवार्य हुने बताइन् । ‘हामीले विद्यालय शिक्षालाई निकै महत्व दिएर लागिरहेका छौं, कोही पनि विद्यालय बाहिर नरहने गरी अघि बढेका छौं’, उनले भनिन्, ‘यसबाहेक पुस्तक अध्ययनको बानी पनि बसाल्न पठन संस्कृतिको विकास गर्नु जरुरी छ ।’

यो पनि पढ्नुहोस्

कांग्रेस सांसदले १५ दिनको पारिश्रमिक भूकम्पपीडितलाई दिने

निर्वाचन आयोग समन्वय उपसमितिमा सदस्यहरु मनोनित

९ घण्टा अगाडि
अध्यक्ष पदमा लड्न पोखरेलले उम्मेदवारी दर्ता गराए

अध्यक्ष पदमा लड्न पोखरेलले उम्मेदवारी दर्ता गराए

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुरकाे भरियाँपुखूबाट बाइक चाेरी

उर्मिलाको स्वर, शंकरको शब्द, संगीतमा ‘ख्रीष्टको प्रेममा’ रिलिज

चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव

“भक्तिको शक्तिलाई अस्विकार गरौ”

डुबेर  र आगलागीमा जलेर मृत्यु

पासवर्ड दुरुपयोग गरेको आरोपमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक