कीर्तिपुर । कीर्तिपुर अप्टिकल तथा आँखा क्लिनिक प्रा. लि. ले निःशुल्क मोतिबिन्दुको शल्यक्रिया गरिने भएकाे छ।
मित्रराष्ट्र इटालियन र कीर्तिपुर सामुदायिक स्वास्थ्य केन्द्रको आर्थिक सहयोग र कीर्तिपुर अप्टिकल तथा आँखा क्लिनिक प्रा.लिकाे. प्राविधिक सहयोगमा सञ्चालित निःशुल्क आँखा जाँच तथा चश्मा वितरण कार्यक्रममा पहिचान भएको मोतिबन्दिु तथा आँखामा मासु पलाउने रोगको उपचार गरिने भएको छ ।
यहि आउँदाे वैशाख १५ गते शनिबारदेखि जेष्ठकाे अन्तिमसम्म निःशुल्क फेको प्रविधि (मेशिन) बाट मोतिबिन्दुको सल्यक्रिया र Conjanctiva Graft प्रविधिबाट आँखामा मासु पलाउने शल्यक्रिया गरिने भएकाले लाभ लिन सकिने सहायक आँखा विज्ञ राजेन्द्र महर्जनले जानकारी दिए।
विगत ३ दशक आँखा रोग सम्बन्धी सेवा प्रदान आइरको साे प्रालिकाे कार्यालय बाहिरी गाउँ, टेलिकम रोडमा सम्पर्क गरी चश्मा वितरण कार्यक्रममा नाम दर्ता भएका मोतिबिन्दु र आँखामा मासु पलाउने रोगकाे उपचार गर्न सकिने छ । थप जानकारीका लागि सम्पर्क फोन नं. ४-३३११८२, ९८४१-२९०९७१ सम्पर्क गर्न राख्न सकिने छ।