आइत, अशोज २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नसक्ने चेतावनी

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नसक्ने चेतावनी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

इलाम । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नसक्ने चेतावनी दिएका छन्। उनले सुशासन सिकाउने पार्टी र उसको सभापति सहकारी ठगीमा मुछिएको भन्दै संसदीय छानबिन समिति बनाउन किन डराएको भन्दै प्रश्न गरे।

मंगलबार चुलाचुलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने,‘रुख चिन्हमा मत हालेर डम्बर खड्कालाई यहाँबाट जिताएर पठाउँनोस् ईलाम -२ को विकासको जिम्मा म लिन्छु।’

नेता कोइरालाले नेपाली कांग्रेस नै पहिचानको मुद्दा सबैभन्दा पहिले उठाउने पार्टी भएको बताए। कांग्रेस सधैं पहिचान पहुँच र प्रतिनिधित्वको पक्षमा भएको भन्दै उनले कांग्रेस बाहेक कसैले पनि पहिचानको मुद्दालाई सम्बोधन गर्छ भन्ने भ्रममा नपर्न अनुरोध गरे।

उनले पहिचान चाहानेहरूले कांग्रेस उमेदवार खड्कालाई मत दिनुपर्ने उल्लेख गरे। ‘गत माघ ७ गते पहिचानवादी अग्रज नेताहरु विराटनगर जानुभएको थियो, मैले उहाँहरुलाई पहिचानको मुद्दामा म सम्बेदनशिल रहेको र कांग्रेसले पहिचानको मुद्दालाई सम्बोधन गर्ने कुरामा आश्वस्त बनाएर पठाएको थिएँ ,’ उनले भने, ‘अर्को कुरा प्रदेश सरकारले पहिचानको मुद्दालाई सम्बोधन गर्न कांग्रेस नेतृत्वको प्रदेश सरकारले समिति नै बनाएर काम गरिरहेको कुरा तपाईं सबैलाई थाहा नै छ।’

सम्बोधनको क्रममा उनले अन्य दलहरु आफ्नो दल र तिनका नेता भन्दा माथि उठ्न नसकेका र कांग्रेस भने आफू र आफ्नो पार्टीलाई भन्दा माथि राष्ट्र र जनता छन भन्ने कुरा लिएर हिंडेका उल्लेख गरे।

नेता कोइरालाले  चिया निर्यातमा देखिएको समस्या समाधानको पहल गर्ने, चियाबगानमा काम गर्ने श्रमिकहरुका लागि समान ज्याला र उनीहरुको हकहितका पक्षमा काम गर्ने प्रतिबद्धता जनाए।

चुलाचुलीमा कांग्रेसकै पहलमा छिटोभन्दा भन्दा छिटो मालपोत कार्यलय र नापी कार्यालय चुलाचुली आउने भन्दै उनले चुलाचुली वार्ड नं-६ को ‘साक्फारा सडक’ र सदरमुकाम जोड्ने ‘चुलाचुली-महमाई सडक’ निर्माण कार्य कांग्रेसकै पहलमा निर्वाचन लगत्तै सुरु हुने प्रतिबद्धता गरे।

यो पनि पढ्नुहोस्

बूढीगण्डकी बाढी प्रभावितको सुरक्षामा जुट्न आग्रह

बूढीगण्डकी बाढी प्रभावितको सुरक्षामा जुट्न आग्रह

१ घण्टा अगाडि
रोहित पौडेलले क्यानडा विरुद्धको खेलमा शतक बनाए

रोहित पौडेलले क्यानडा विरुद्धको खेलमा शतक बनाए

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाँचौ यँलासी पीगं सीकेगु भजन संगीत तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न

रोहित पौडेलले क्यानडा विरुद्धको खेलमा शतक बनाए

गोरखाको चुमनुब्री क्षेत्रमा भएकाे क्षतिप्रति दुखः व्यक्त

ब्रह्मायणी मन्दिर परिसरमा भक्तजनको भीड

बूढीगण्डकी बाढी प्रभावितको सुरक्षामा जुट्न आग्रह

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक