शनि, मंसिर २७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ओस्कार अवार्डको नियममा महत्वपूर्ण परिवर्तन

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
ओस्कार अवार्डको नियममा महत्वपूर्ण परिवर्तन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सन् २०२५ मा हुने ओस्कार अवार्डको नियममा महत्वपूर्ण परिवर्तन गरेकाे छ ।  एकेडेमीको बोर्ड अफ गभर्नर्सले मार्च २ मा हुने ९७ औं ओस्कार समारोहका लागि नयाँ नियम स्वीकृत गरेको छ ।

प्रमुख विधाका नियममा परिवर्तन भएको छ । नयाँ नियमअनुसार एक साताअघि रिलिज भएका  चलचित्र ओस्कारका लागि योग्य मानिने छैन ।

संगीतमा परिवर्तन

नयाँ नियम संगीतकारका लागि लाभदायक हुनेछ । अबदेखि तीनजनासम्म संगीतकारले व्यक्तिगतरुपमै ट्रफी प्राप्त गर्न सक्नेछन् । यसअघि सबै संगीतकारले सामूहिकरुपमा ट्रफी सेयर गर्नुपर्ने बाध्यता थियो । अब १५ देखि २० सम्म सर्टलिस्ट पनि घोषणा हुनेछ, जुन जनवरीमा आधिकारिक मनोनयनको मतदान अवधि सुरु हुनुअघि डिसेम्बरको अन्त्यमा घोषणा गरिनेछ ।

ड्राइभ–इन थिएटरमा देखाइएका चलचित्र योग्य नहुने

एकेडेमीले अब ड्राइभ–इन थिएटरलाई ओस्कार योग्यताका लागि योग्य ठाउँको रूपमा मान्यता दिनेछैन, जुन कोभिडकालमा इन्डोर फिल्म थिएटर बन्द हुँदा अस्थायीरुपमा अपनाइएको थियो ।

सर्वोत्कृष्ट चलचित्र विधामा परिवर्तन

सर्वोत्कृष्ट चलचित्रको मनोनयनमा पर्न सन् २०२३ को नियमका सर्त पूरा गरेको हुनुपर्छ, जसमा ६ अमेरिकी बजारका हलमा कम्तीमा सात दिन चलचित्र चलेको हुनुपर्छ । यसअनुसार ४५ दिनसम्म प्रमुख ५० अमेरिकी सहरमध्ये १० वटामा निरन्तर प्रदर्शन हुनुपर्नेछ । २४ जनवरी २०२५ सम्म प्रदर्शन भइसकेका फिल्मले मात्र सहभागिताको मौका पाउनेछन् ।

एनिमेटेड  चलचित्र पनि समावेश

उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर विधाको लागि योग्य एनिमेटेड चलचित्र पनि उत्कृष्ट एनिमेटेड फिचर विधामा समावेश गर्न सकिने भएको छ । तर यी दुवै विधामा छनोट हुन योग्य हुनुपर्नेछ । नेपालले पहिलेदेखि नै अन्तर्राष्ट्रिय फिचर विधामा भाग लिंदै आएको छ । यो नियमले नेपाली एनिमेटेड चलचित्रलाई पनि सहज भएको छ । तर चलचित्र छनोटका निम्ति योग्य हुनु पर्छ ।

पुरस्कारको नाम समेत  परिवर्तन

यति मात्र होइन, गभर्नर अवार्डमा पनि केही परिवर्तन गरिएको छ । इरभिङ जी थालबर्ग मेमोरियल अवार्ड निर्माताको रचनात्मक निरन्तरता र गुणस्तरीय कार्य गरेबापत प्रदान गरिने भएको छ ।

अब ओस्कार अवार्ड थालबर्गको परम्परागत मूर्तिको सट्टा ओस्कार प्रतिमाको रुपमा दिइने भएको छ । मूर्तिको रुपमा दिइने भएको छ । यससँगै वैज्ञानिक र प्राविधिक विधाका दुई पुरस्कारको नाम पनि परिवर्तन गरिएको छ । जोन ए बोनर अवार्डको नाम परिवर्तन गरी ‘वैज्ञानिक तथा प्राविधिक सेवा पुरस्कार’ राखिएको छ ।

यो पनि पढ्नुहोस्

‘काफ्ले’की गायिका झुमा लिम्बूको नयाँ गीत सार्वजनिक

‘काफ्ले’की गायिका झुमा लिम्बूको नयाँ गीत सार्वजनिक

१४ घण्टा अगाडि
‘पूर्ण बहादुरको सारङ्गी’ र ‘परान’ पछि यसैगरी मन जित्ने अर्को चलचित्र ‘मिरमिरे’ आउँदै

‘पूर्ण बहादुरको सारङ्गी’ र ‘परान’ पछि यसैगरी मन जित्ने अर्को चलचित्र ‘मिरमिरे’ आउँदै

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सहसचिव छवि रिजालमाथि भ्रष्टाचारको आरोपमा समेत अनुसन्धान सुरु

नेपालले एसियन युथ पारा गेम्समा रजत पदक जित्याे

नवनियुक्त चार जना मन्त्रीहरूले लिए शपथ

गतिशील पार्टीले प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारीका लागि आवेदन माग्यो

जाँचबुझ गर्न गठित आयोग बयानको अन्तिम चरणतिर पुग्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक