आइत, जेष्ठ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

उत्तर कोरियाद्वारा पूर्वी सागरमा अज्ञात मिसाइल प्रक्षेपण

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
उत्तर कोरियाद्वारा पूर्वी सागरमा अज्ञात मिसाइल प्रक्षेपण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी ।  उत्तर कोरियाले दक्षिण कोरियाको पूर्वी तटनजिकै समुद्रमा एउटा अज्ञात ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको सोलको सेनाले दाबी गरेको छ। उक्त मिसाइल प्योङयाङले यस वर्ष परीक्षण गरेको शृंखलामा पछिल्लो हो।

दक्षिण कोरियाका ज्वाइन्ट चिफ अफ स्टाफले जापान सागर पनि भनिने जल क्षेत्रको नाम लिँदै भने, ‘उत्तर कोरियाले पूर्वी सागरमा अज्ञात मिसाइल प्रक्षेपण गरेको छ।’

टोक्योले पनि प्रक्षेपणको पुष्टि गरेको छ। जापानी रक्षा मन्त्रालयले सामाजिक सञ्जाल एक्समा भनेको छ, ‘उत्तर कोरियाबाट संदिग्ध ब्यालेस्टिक मिसाइल प्रक्षेपण भएको थियो।’ जापानको तटरक्षकले मन्त्रालयलाई उद्धृत गर्दै प्रारम्भिक घोषणालगत्तै उक्त मिसाइल पहिल्यै खसेको देखिएको बताएका थिए।

सार्वजनिक प्रसारक एनएचकेलगायत जापानी सञ्चारमाध्यमले अज्ञात सरकारी स्रोतहरूलाई उद्धृत गर्दै संदिग्ध मिसाइल जापानको विशेष आर्थिक क्षेत्रबाहिर खसेको बताएका छन्।

सोलस्थित विशेषज्ञ साइट एनके न्युजले भनेको छ, ‘छोटो उडान समय, सम्भवतः १० मिनेटभन्दा कम, छोटो दूरीको ब्यालेस्टिक मिसाइल वा ६ सय मिमि मल्टिपल लन्च रकेट सिस्टम ९एमएलआरएस०को प्रक्षेपण भएको संकेत गर्दछ।’

गत महिना रुसले आणविक हतियारसम्पन्न मुलुक उत्तर कोरियाविरुद्ध संयुक्त राष्ट्रसंघको प्रतिबन्धको अनुगमनलाई खारेज गरेपछि पछिल्लो प्रक्षेपण भएको हो। प्योङयाङको सहयोगी मस्कोले आफ्नो आणविक र हतियार कार्यक्रमका लागि किम जोङ उनको सरकारमाथि लगाइएको प्रतिबन्धको उल्लंघनको राष्ट्रसंघीय अनुगमनलाई प्रभावकारी रूपमा अन्त्य गर्न मार्चमा राष्ट्रसंघीय सुरक्षा परिषदमा भिटो प्रयोग गरेको थियो।

उत्तर कोरियाले रणनीतिक क्रुज मिसाइलका लागि डिजाइन गरिएको ‘सुपर–लार्ज वारहेड’को शुक्रबार परीक्षण गरेको राज्य मिडियाले बताएको छ। सोलको सेनाले उसले करिब सोही समयमा क्रुज मिसाइल प्रक्षेपण भएको पत्ता लगाएको पुष्टि गरेको छ।

आफ्नो ब्यालेस्टिक समकक्षीहरूको विपरीत उत्तर कोरियामाथि हालको राष्ट्रसंघीय प्रतिबन्धअन्तर्गत क्रुज मिसाइलको परीक्षण प्रतिबन्धित छैनन्। क्रुज मिसाइलहरू जेटद्वारा सञ्चालित हुन्छन् र अधिक परिष्कृत ब्यालेस्टिक मिसाइलहरूको तुलनामा कम उचाइमा उड्छन्। यसबाट तिनीहरूलाई पत्ता लगाउन र रोक्न कठिन हुन्छ।

उत्तर कोरियाले युक्रेनमा प्रयोग गर्न रुसमा पठाउनुअघि क्रुज मिसाइलहरूको परीक्षण गर्न सक्ने विश्लेषकहरूले चेतावनी दिएका छन्। उत्तर कोरियाली नेता किमले राष्ट्रसंघले प्रतिबन्ध लगाए पनि मस्कोमा हतियार पठाइरहेको वासिङ्टन र सोलको दाबी छ। प्योङयाङले युक्रेनमा प्रयोग गर्नका लागि हतियारले भरिएका करिब सात हजार कन्टेनर मस्कोमा पठाएको सोलले दाबी गरेको छ।

धेरै हदसम्म एक्लो परेको उत्तर कोरियाले हालै मस्कोसँगको सैन्य सम्बन्धलाई बलियो बनाएको छ। साथै उसले यसै महिना आफूविरुद्धको अन्तर्राष्ट्रिय प्रतिबन्धको अनुगमन गर्ने संयुक्त राष्ट्र विशेषज्ञहरूको एउटा प्यानलको नवीकरणलाई रोक्नका लागि भिटो प्रयोग गरेकामा रुसलाई धन्यवाद दिएको छ।

उत्तर कोरियाले परीक्षणमा पनि तीव्रता दिएको छ। उसले अप्रिलको प्रारम्भमा नयाँ मध्यमदेखि लामो दूरीको ठोस इन्धन हाइपरसोनिक मिसाइलको परीक्षण गरेको दाबी गरेको छ।

यसै वर्ष प्योङयाङले दक्षिण कोरियालाई आफ्नो ‘प्रमुख शत्रु’ घोषणा गरेको छ। उसले पुनर्मिलन र पहुँचका लागि समर्पित एजेन्सीहरूलाई अलग गर्दै ०।००१ मिमि क्षेत्रीय उल्लंघनमा समेत युद्धको धम्की दिएको छ।

गत वर्ष उत्तर कोरियाले सन् २००६ देखि लागू राष्ट्रसंघीय प्रतिबन्धलाई बेवास्ता गर्दै रेकर्ड संख्यामा मिसाइल परीक्षण गरेको थियो। प्योङयाङले सन् २०२२ मा आफैँलाई ‘अपरिवर्तनीय’ आणविक हतियारसम्पन्न मुलुक घोषणा गरेको छ।

यो पनि पढ्नुहोस्

चीन डिजिटल निर्माणको कार्ययोजना सार्वजनिक

चीन डिजिटल निर्माणको कार्ययोजना सार्वजनिक

२१ घण्टा अगाडि
सलमान रुस्दीको हत्या प्रयास गरेको अभियोगमा सजाय

सलमान रुस्दीको हत्या प्रयास गरेको अभियोगमा सजाय

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नायः खिं बाजा बोल पुस्तक सार्वजनिक

प्रतिनिधि सभाको बैठक आज बस्ने

गठबन्धन परिवर्तन गर्ने सोच नरहेको स्पष्ट

रविलाई गैरकानुनी थुनामा राखिएको भन्दै इजलासमा पेसी

सीपी खेतानले ८० मिलियनमा बुटिक होटल खरिद गरे

सिंगो कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न आवश्यक : अध्यक्ष नेपाल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक